विगतको तुलनामा मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो त बनाएको छ, तर योसँगै विभिन्न खालको प्रदूषण पनि बढ्दो छ। जसले त्यहाँको भाैगोलिक सुन्दरतालाई कुरूप बनाउँदै छ।
सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत संकलन गर्ने गर्छ।
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर रानाले च्याउ खेतीमा ३० लाख रुपैयाँ लगानी गरेका छन्। वर्षमा २७ लाखसम्मको च्याउ बेच्छन्। खर्च कटाएर १० लाख रुपैयाँ बचत हुन्छ।
गाउँबाटै कृषि एम्बुलेन्स चलेपछि स्थानीयले उत्पादन गरेको दुई मुठा सागले पनि बजार पाएको छ। स्थानीयबीच काम गर्ने प्रतिस्पर्धा नै चलेको छ।
१५ शय्याको अस्पताललाई ५० शय्याको बनाइएको छ। तर, कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन। भएका पनि आधाभन्दा बढी रिक्त छन्।
गाउँपालिकाले किसानलाई तोरी उत्पादनमा प्रोत्साहन गर्ने नीति लिएको छ। कम मिहिनेत लाग्ने भएकापछि किसान पनि यसमा आकर्षित भएका छन्।
परियोजना निर्माणमा ११७ रुखले बाधा पुर्याउँदा सडक निर्माणमा ढिलाई भएको हो।
युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले दिगो विकासका लक्ष्य हासिल तथा दक्षिणी विश्वको आर्थिक विकास र समृद्धिमा नामले जोड दिनुपर्ने बताए।
जर्मनीको मुलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता भएकोमा पहिलो चरणमा ६ लाख कार्ड नेपाल भित्रिएको छ।
२०५७ सालमा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई खान पुगेर अन्न बेच्ने परिङालबासीलाई त्यसयता भने संकट नै संकटले झेलिरहेको छ।
सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको संख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको हो।
जाँगर हुनेका लागि नेपालमा नै प्रशस्त अवसर रहेको मनीषा बताउँछिन्। तर, कामलाई सानोठूलो मान्न नहुने उनको भनाइ छ।
शहरी जीवनयापन सुधार परियोजनाका लागि भनेर १६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर अनुदान सम्झाैता भएको हो।
गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो। त्यो खबर उनले तीन महिनापछि मात्र थाहा पाए।
विमानस्थलको भन्सार जाँच तथा सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० जनाको टोली परिचालन गरिएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएपछि पालिकाले यसमा बजेट बढाएका छन्। विद्यालयमा पनि खेलकुदका गतिविधि बढेका छन्।
बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छ। तर, पछिल्लो समय युवापिँढीले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रशासनिक प्रणालीको कमजोरीका कारण बिरामीले समयमा उपचार नपाउने, निजी अस्पताल र क्लिनिकमा जान बाध्य हुनेजस्ता गुनासा आउने गरेका छन्।
सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोंगदेजस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ।
सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको छ।