कर्णाली नदीका कारण टीकापुरका १५ हजारभन्दा बढी नागरिक विस्थापित हुने स्थितिमा रहेको स्थानीय जितबहादुर चौधरीले बताए। टीकापुर–७, ८ र ९ का सबै बस्ती प्रभावित हुने देखिएको छ।
इलामको माई–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद तिम्सिना उपचारको रकम तिर्न नसक्दा छ महिनादेखि अस्पतालमा छन्। चार लाख १५ हजार रुपैयाँ तिर्न बाँकी रहेको उनका भतिजा गोपालले बताए।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले सिप बिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ।
कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ।
जेठो बुढोको बास्ना हराउनुमा रासायनिक मलको प्रभाव र उन्नत जातको धानको बीउ नै प्रमुख कारण हुन्। पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ।
सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो।
इलाममा यस वर्ष दुई हजार ७४० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष गत वर्ष दुई हजार ७४४ मेट्रिक टन उत्पादन भएको थियो।
सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १९० जना सार्क राष्ट्रका र १८ हजार १६६ जना तेस्रो मुलुकका छन्।
पर्यटक नआएपछि यहाँका होटल पनि बन्द भएका छन्। केही स्थानीय सदरमकाम फुङ्लिङ झरेका छन् भने कोही काठमाडौँ पुगेका छन्।
निर्माणाधीन अस्पतालको जगमा ढलानका लागि सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको जन्तेढुंगा गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर सुरेशकुमार मेहताले बताए।
भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका सिन्धुपाल्चोकका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन्।
परम्परागत रूपमा धान, कोदो, मकै र गहुँखेती गर्दै आएका बेनीका स्थानीयले नगदेबालीको रूपमा सुन्तलाखेतीलाई विस्तार गरेका छन्।
पहरामा १६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुन्डिएर आरोहण गर्न सकिन्छ।
निसीखोला, तमानखोला र ढोरपाटनमा यही वर्षामा केन्द्रीय लाइन बाल्ने गरी काम गरिरहेको छ। पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेसन निर्माण भएको छ।
जिल्ला फुटबल संघ मोरङले कात्तिक १२ देखि फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हो। आर्थिक अभावबीच आवाससहितको एकेडेमी सञ्चालनमा ल्याइएको संघका उपाध्यक्ष नारायण लिङ्थेपले बताए।
अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको संक्रमण देखिएको छ। भारत निर्यात भइरहेको अदुवा सखाप भएपछि किसानले वैकल्पिक रूपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन्।
बर्दघाट सुस्तापूर्वका विभिन्न चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियत वनमा आबद्ध भएर अम्रिसो खेती गर्दै आएका छन्। अम्रिसो बिक्रीबाट प्राप्त आएको रकम प्रतिघर बाँड्ने गरिएको छ।
पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन्।
दोधारा चाँदनी नगरपालिका–३ स्थित बडुवालटोलका ३५० परिवारमध्ये २० प्रतिशतको मात्रै जग्गाधनी पुर्जा छ। पुर्जा नहुँदा उनीहरू राज्यले दिने आधारभूत सेवा सुविधाबाट नै वञ्चित छन्।
धौलागिरि आइसफल पदमार्ग पर्यटनको अथाह सम्भावना भए पनि प्रचार–प्रसार र पूर्वाधार अभावले ओझेलमा परेको छ। यसको प्रवर्द्धनमा स्थानीय युवाले अभियान नै चलाएका छन्।