AnonymousUser

Logout

कवाडी संकलकका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सहज

विश्वमा फोहोर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको छ। कतिपय अवस्थामा अपमान पनि सहनुपर्ने संकलनर्ता बताउँछन्। 

बढ्दै छ निःसन्तान बन्ने डर

आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र आर्थिक रूपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरू बताउँछन्।

लमजुङका ३९ वटा वडा सचिवविहीन, मर्कामा सेवाग्राही

केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएकाले वडा सचिवविहीन हुँदा वडाबाट हुने कामकाजमा अप्ठ्यारो भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।

बसाइँसराइको प्रभाव: नेपालमा बस्न योग्य ५ लाख घर खाली

जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी क्षेत्रबाट तराई र शहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ। यसरी बसाइँ सर्नेमा युवा र बालबालिकाको संख्या बढी छ।

समस्यामा पोल्ट्री व्यवसायी: भन्छन्– व्यवसाय जोगाउने/समाप्त पार्ने राज्यको हातमा छ

नेपाल पोल्ट्री महासंघका अनुसार प्रतिक्रेट अण्डाको लागत मूल्य ४२० रुपैयाँ हाराहारी पर्छ। तर, ३७० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता छ। 

गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर: उपचार पाउँदा दंग छन् स्थानीय

गलकोट नगरपालिकाले वर्षको दुई पटक नागरिकको घरमै पुग्ने, पहिलो पटक स्वास्थ्य परीक्षण गरी औषधी र ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्ड दिने र अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने योजना बनाएको छ। 

‘सीप छ तर बजार र मूल्य छैन’

पुर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै संकटमा पर्ने अवस्था आएको छ। बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवर्द्धन गर्न नसक्दा स्थानीय मारमा पर्ने गरेका छन्।

भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन

छबबहादुरका अनुसार आरनमा काम गर्नेलाई समाजले गर्ने हेला, भेदभाव र हिंसाका कारण नयाँ पुस्ताको चासो कम भएको छ। पढेकाले यो व्यवसाय गर्न हुँदैन भन्ने बुझाइले पनि असर गरेको छ।

२ वर्ष निर्माण अवधि भएको योजना १ वर्षमै पूरा

म्याग्दीको बेनी–८ कालीपुलबाट गलेश्वर जोड्ने बेनी–गलेश्वरखण्ड कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको छ। यो सडक उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्छ। 

दिवा खाजा कार्यक्रम रोकिँदा समस्यामा चेपाङ बालबालिका

खाजा पाइने भएपछि कतिपय बालबालिका घरमा खाना नखाई विद्यालय जाने गरेका थिए। अहिले दिवा खाजा कार्यक्रम रोकिँदा विद्यालयमा विद्यार्थीको संख्या पनि घटेको छ।

वडा सदस्यको लोभलाग्दो ड्रागनखेती

लिम्बूले ड्रागन फलको बजार नजिकै रहेको झापाको दमक बजार हो। सरदरमा प्रतिकिलो ४०० देखि ५०० रुपैयाँमा बिक्री हुन्छ।

थकाली संस्कार संरक्षण गर्न स्थानीयको अग्रसरता

पुराना पुस्ताका मानिसको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा थकाली समुदायका संस्कार र संस्कृति लोप हुने जोखिममा छ।

लुसुलुसु गाउँ पस्छन् जंगली हात्ती, स्कुल–कलेज जानसमेत जोखिम

झापाको जलथल, पृथ्वीनगर, रंगडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको वन कार्यालयले जनाएको छ।

दुर्गम गाउँका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

सीमित सवारी चल्ने हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–१० का पूर्ववडाध्यक्ष तिलक घर्ती मगर बताउँछन्। डेढ दशकअघि सडक खुले पनि स्तरोन्नतिमा ध्यान नपुगेको उनको गुनासो छ।

शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा रमाएका अनन्तबहादुर

अनन्तबहादुर शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त भएका हुन्। अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। यसबाट उनी वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।

चिउरीबाट घिउ उत्पादन गर्दै चेपाङ

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो। तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ।

बरु कांग्रेस सकिन्छ तर आगामी चुनावमा कसैसँग गठबन्धन गर्दैन : गगन थापा 

दाहाललाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको तर अहिलेसम्म कुनै राम्रो काम गर्न नसकेको कांग्रेस महामन्त्री थापाको भनाइ छ।

बाजुरामा दुई वटा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बाजुराको मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाने क्रममा एकअर्कालाई उछिन्न खोज्दा दुवै ट्याक्टर दुर्घटनामा परेको र एउटा ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिभिल इन्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

त्रिवि, काठमाडौँ, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, लुम्बिनी–बौद्ध र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थीले इन्जिनियरिङ पढ्न सक्ने क्षमता रहेको छ।

घरेलु मदिरा उत्पादन नहुने ‘गाजने’ गाउँ

१५औँ शताब्दीमा पर्वतेराज्य सञ्चालन गरेका राजा दिलीपबम मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बंगुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ।