गुराँसको राजधानी मानिने गुफापोखरी पर्यटकीय क्षेत्र रहेकाले खानेपानीको सहज उपलब्धताले यहाँ पर्यटकको संख्यामा थप वृद्धि हुने स्थानीयको अपेक्षा छ।
चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी ६ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो।
तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अंग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए।
उनी कास्कीको सहकारी रजिस्ट्रारको कार्यालयमा सेवारत हुँदा एक करोड भन्दा धेरै रकम ठगी प्रकरणमा मुछिएका थिए।
म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटका घनमाया पुन र उनका परिवारले ८४ पूजामा हुने खर्च कटाएर गाउँको विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्।
अलैँचीको मूल्य पनि गत वर्षभन्दा तीन गुणाले बढेको छ। गत वर्ष यो सिजनमा प्रतिमन २८ हजार थियो। अहिले ८० हजारसम्ममा बिक्री भइरहेको छ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका दुई हजार ६०० किसानले अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी गरेका छन्।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले युवा क्लबको नेतृत्वमा मेलाबाट बचत भएको रकम परिचालन गरेर खेलमैदान तयार गरिएको बताए।
जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छे गाउँ छोड्दै बजार ओर्लिन थाले। हरेक वर्ष बजार झर्नेको संख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ।
कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यःमरी पुन्हि नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।
हरियो चियापत्ती बेच्ने किसानले वास्तविक मूल्य नपाएका कारण समस्या भोगिरहेका छन्। उचित मूल्य नपाएपछि चिया विस्तार गर्न नै छाडिसकेका छन्।
महोत्तरी– लगनपूर्वक काममा लाग्दा असम्भव केही रहेनछ भन्ने उदाहरण बर्दिबास–९ का दुई सामुदायिक विद्यालयले देखाएका छन्। आम रूपमा सामुदायिक विद्यालयको साख गिर्दै गइरहेका बेला ‘विद्यालय रूपान्तरण अभियान’ले यहाँका दुई विद्यालयले स्वरूप मात्र फेरेक…
भोजपुरका टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाका १७ घरबाट मात्र एक करोड ६५ लाख रुपैयाँको चिराइतो उठाएको चिराइतो व्यवसायी संगम राईको भनाइ छ।
पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जति जति पूर्वाधारको विकास भए पनि बढी बसाइँसराइ गरेर बाहिर जानेहरूको संख्या पनि बढ्दै गएको छ।
अनलाइनबाट प्राप्त प्रस्तावलाई राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा रहने छनोट समितिले विश्लेषण गरी उपयुक्त योजना तथा कार्यक्रमलाई बजेट उपलब्ध गराउन सिफारिस गर्नेछ।
शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबाट मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ।
चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ।
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष एउटै बगानबाट ७५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन्।
गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ। झापामा सञ्चालित विभिन्न गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थीसमेत अध्ययन गरिरहेका छन्।