दोस्रो चोटि अर्थमन्त्री भएका वर्षमान पुनले यसपालि पनि संसद्मा बजेट पेश गर्न पाएनन् भने अचम्म हुनेछैन, अहिलेसम्मका घटनाक्रमअनुसार। संवैधानिक बाध्यताका कारण बजेट त जेठ १५ मै आउनेछ।
भारतमा गोदी मिडिया भनेर जसरी मिडिया आलोचित र विवादित हुँदै गएको छ, वैकल्पिक मिडियाले तिनको स्पेस खोसिरहेको छ।
‘फ्रन्टफुट’मा ‘स्ट्रेट ड्राइभ’ मार्न खप्पिस कप्तान अहिले ‘ब्याकफुट’मा टुकुरटुकुर छेक्न संघर्षरत छन्। पार्टी उपकप्तानसहित स्थापनाकालीन ‘प्लेइङ सेट’का खेलाडीले पनि सहकारीका ‘बाउन्सर’ सामना गर्नुपरेको छ।
अहिले सरकारका उपप्रधानमन्त्री रहेका दुई नेताको किचलो नारायणकाजी गृहमन्त्री अनि रवि विपक्षमा रहेका बेला राज्यव्यवस्था तथा सुशासन समितिमा भएको नोकझोकपछि छताछुल्लै भएको थियो।
आपलाई आइलागेको आपत र रविलाई भइरहेको राहतमा भिन्नता छ। मोदी सरकारले विपक्षी नेताविरुद्ध केन्द्रका एजेन्सी लगाइदिएको छ। यता रवि प्रतिपक्षमा रहँदा पनि दोहोरो पासपोर्टमा मुद्दा चलाउन नपर्ने निर्णय गरियो।
जनमानसमा बेदाग ठानिएका मोदीको सफेद कुर्ता–पाइजामामा चन्दा काण्डले दाग बसाल्ने सम्भावना देखिँदैछ।
इलेक्टोरल बन्डमार्फत चन्दा लिनेदिने कानून जारी भएपछि यसबाट सबैभन्दा बढी लाभ भाजपाले पाएर थप मजबुत हुँदै गएकाले पनि सरकारका आलोचक पक्षले सर्वोच्च न्यायालयको फैसलालाई जितको रूपमा लिएका छन्।
सीमावर्ती भारतीय प्रान्तका विकृति राजनीतिमा हुबहु अवतरित देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहालको पल्टामारी मात्रै हैन, राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।
सीमावर्ती भारतीय प्रान्तका विकृति राजनीतिमा हुबहु अवतरित देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहालको पल्टामारी मात्रै हैन, राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।
पीत पत्रकारिताको बिम्ब बनेको १२ भाइको ‘मार्केटिङ’ त रविले गज्जबले गर्दिए, जुन कलामा उनी माहिर पनि छन्। यसको उत्पत्ति कसरी भयो भन्नेचाहिँ पत्रकार बिरादरीमै धेरैलाई थाहा नहोला, अरूलाई के थाहा हुनु!
प्रकाशकहरूले बुझ्नैपर्छ– अरू व्यापारमा लगानी गरेजस्तो होइन मिडिया। यसमा ‘प्यासन’ चाहिन्छ। सहीलाई सही र गलतलाई गलत भन्ने आँट चाहिन्छ। अहिले प्रकाशकहरूले यी सबै मूल्य–मान्यता अपनाउन सक्ने अवस्था छैन।
प्रकाशकहरूले बुझ्नैपर्छ– अरू व्यापारमा लगानी गरेजस्तो होइन मिडिया। यसमा ‘प्यासन’ चाहिन्छ। सहीलाई सही र गलतलाई गलत भन्ने आँट चाहिन्छ। अहिले प्रकाशकहरूले यी सबै मूल्य–मान्यता अपनाउन सक्ने अवस्था छैन।
जंगलमा कात्तिकदेखि शुरू भएको भिडभाड पुसको उत्तरार्धदेखि घट्दै गइरहेको थियो। फागुनमा रामलाल टोड्कोबाट हराए। केही समयपछि चारकोसे झाडीकै हलखोरिया दहनेर ‘प्रकट’ भएको खबर आयो।
नटुवा समुदाय घुमन्ते/फिरन्तेमै अल्झिइरहनु र चमार, हरिजनको जीवनस्तर, आत्मविश्वासमा सुधार हुनुमा दुई कुराले काम गरेको छ। चमार, हरिजनसँग पुर्जासहितको धेरथोर जग्गा छ। घरैपिच्छेजसो वैदेशिक रोजगारीमा छन्।
सहाराको व्यापारिक साम्राज्य र सुब्रत रायको शानसौकत एकै झड्कामा ढल्दा करोडौँ बचतकर्ता र लाखौँ एजेन्टको बिचल्लीका कथा हाम्रा सहकारी, यसका सञ्चालकका ठाँट तथा अन्तिममा बचतकर्ताको बिचल्लीसँग मेल खान्छ।
कल्कीको मुद्दामा अभियुक्त शाही पुर्पक्षका लागि थुनामा जान नपर्ने हो भने अब मिहिनेत/मजदुरी गरी जीविका चलाउने परिवारका कलिला बच्ची बलात्कृत भए न्याय माग्न नगए हुन्छ।
नेपालका शीर्ष भनिने नेतामध्ये सिंगापुरमा सतिशलालको पाहुना नभएका बिरलै छन्। उनै सतिशलाललाई एनसेलमा ८० प्रतिशत स्वामित्व राख्ने मलेसियाको आजियाटाले आफ्नो सबै शेयर बेचेपछि फेरि ‘टक अफ द टाउन’ भएका छन्।
दंगा भड्काउने नियतले सामाजिक सञ्जालमा लामो समयदेखि पोस्टहरू भइरहे पनि सुरक्षा निकायले खासै चासो राखेका छैनन्। बैठकहरूमा सुरक्षा निकाय प्रमुखहरूले सामाजिक सञ्जाल नै बन्द गर्नुपर्ने बताउने गरेका छन्।
नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (बीजेपी) अगुवाइको गठबन्धनले सन् २०१४ मा सत्ता सम्हालेयता त्यहाँ मिडियाबारे हरेक दिनजसो बहस जारी छ। विपक्षीहरू आफूलाई ‘मिडियापीडित’ महसुस गरिरहेका छन्।
संघर्ष निकै सकसपूर्ण थियो– पीडितका लागि मात्र होइन, अनुसन्धानकर्मीका लागि पनि। तीन जना गवाहको त हत्या नै भएको थियो, एक जना बेपत्ता। रियल घटनाक्रम रिलभन्दा फरक सुनिँदैनथ्यो।