सरकारको अनुदान रकमबाट किनिएका सञ्चार उपकरण अहिले पनि दुर्गमका बैंक तथा वित्तीय संस्था, जलविद्युत् आयोजनालगायतले प्रयोग गर्न सक्छन्। तर यी उपकरणबारे सरकारले चौधरी ग्रुपसँग सोधखोज नै गरेको छैन।
झन्डै दशकसम्म यूटीएलको सेवा सञ्चालनमा छैन, तर लगानीकर्तालाई राजस्वको आर्थिक भार थपिइरहेको छ। यसो हुँदा पनि यूटीएललाई कसले र किन खारेज हुनबाट जोगाउन खोजिरहेको छ?
प्रयोगशालाका लागि मेसिन किन्ने जिम्मा निश्चित कम्पनीलाई दिनेगरी शर्त राखेर स्वास्थ्य सेवा विभागले बोलपत्र मागेको छ। ती शर्तका कारण भविष्यमा प्रयोगशाला सञ्चालन खर्चसमेत बढ्ने व्यवसायी बताउँछन्।
सर्वोच्च अदालतले बुधबार मुद्दा खारेज गरेसँगै सडकलाई मध्यबाट दुवैतिर २५/२५ मिटर फराकिलो बनाउन कानूनी अड्चन हटेको छ।
नक्खु खोलामा गत असोज १२ गते आएको बाढीले दुई जनाको मृत्यु भयो भने दुई जना अझै बेपत्ता छन्। ४० भन्दा बढी टहरा बगे। यो बाढीको कारण थियो– खोला साँघुरो बनाउँदै ललितपुर महानगरले नक्खुडोलमा बनाएको पुल।
मकवानपुरबाट राप्ती नदीलाई डाइभर्सन गरी दुधौरा झार्ने र बारा, पर्सालगायत जिल्लामा खानेपानी बाँड्ने सरकारको योजना छ। राप्तीलाई डाइभर्सन गरी करिब १२ किलोमिटर टाढा लगेपछि मधेश प्रदेश प्रवेश सम्भव हुनेछ।
व्यवसायी उपेन्द्र महतोको स्वामित्वमा रहेको मेडिसिटी अस्पतालको मातृसंस्था, अश्विन्स् मेडिकल कलेज किन अघि बढेन? यसपछाडि जोडिन्छ, हदबन्दीभन्दा धेरै जग्गा ओगटेर ‘रियल–इस्टेट’ व्यवसाय चलाउने स्वार्थ।
सरकारले सिमेन्टको प्याकेजिङ गर्न ‘लेमिनेटेड’ बोरा अनिवार्य गरेको छ। तर नेपालमा एनएस चिह्न प्राप्त बोरा उत्पादन गर्ने उद्योग एउटा मात्र हुँदा मूल्यमा एकाधिकार हुने सिमेन्ट उत्पादकको चिन्ता छ।
पछिल्लो ६ महिनामा सिमेन्टको मूल्य ४० प्रतिशत बढेपछि हस्तक्षेप गर्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको थियो। तर मूल्य बढाउन ‘कार्टेलिङ’ गरेका उत्पादक फुक्काफाल छन्।
पछिल्ला तीन वर्षमा विद्युतीय गाडी (ईभी)को आयात ह्वात्तै बढ्दा सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीको उपस्थिति बाक्लिँदै गएको छ।
तराई कांग्रेसले २००८ सालमै उठाएका मधेशका मुद्दालाई गजेन्द्रनारायण सिंहले ४ दशकपछि संसद् प्रवेश गराए। उनले नेपाल सद्भावना पार्टी खोलेर मधेशमा धेरैलाई नेता बनाए, अहिले त्यही पार्टी दृश्यबाट हराएको छ।
सरकारले वीरगन्ज महानगरलाई बीपी उद्यान बनाउन दिएको १० बिघा जग्गाको ठूलो भागमा टहरा हालेर लामो समयदेखि पसलहरू सञ्चालित छन्। पछिल्लो समय महानगरले जग्गा खाली गर्न सूचना जारी गरे पनि कारबाही चलाएको छैन।
पाँच दशकअघि क्याम्पस पढ्न काठमाडौँ आएका महतोको राजनीति नेपाल सद्भावना पार्टीबाट करिब साढे ३ दशकअघि शुरू भयो। यति लामो मधेश केन्द्रित राजनीतिबाट उनी अब ‘बहुल राष्ट्रिय राज्य’को राजनीतितिर लागेका हुन्?
भारतले ६ वर्षअघि भेपमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात गर्ने र भारततिर चोरीनिकासी गर्ने धन्दा शुरू भयो। अहिले भने चीनबाट चोरीपैठारी गर्ने र भारत पुर्याउने तस्करहरूको त्रिदेशीय सञ्जाल नै खडा भएको छ।
स्टारलिंकले इन्टरनेट प्रयोगकर्तालाई उपलब्ध गराउने उपकरण डिस एन्टेनामार्फत स्याटेलाइटसँग जोडिन्छ। त्यसैले नेपालमा छुट्टै पूर्वाधार बनाउँदैन। दुर्गममा उपयोगी मानिएको यो इन्टरनेट महँगो तर उच्च गतिको छ।
रेस्टुरेन्ट तथा क्याफेमा ‘नेपाली कफी’ ब्रान्ड लोकप्रिय भइरहेको छ। तर नेपालकै उत्पादनले माग नधान्दा अहिले पनि आयातित कफीमै भर पर्नु पर्ने बाध्यता छ। के पारखीहरूले साँच्चै नेपाली कफी पिउन पाएका छन्?
उपभोक्ताले जुनसुकै पारासिटामोललाई सिटामोल भनेर चिन्छन्, लुब्रिकेन्टलाई मोबिल भन्छन्। यस्ता अनेक ‘ब्रान्ड’ छन्, जो कालान्तरमा वस्तुको नामसरह भए। कसरी स्थापित हुन्छन् यस्ता नाम?
विभिन्न राज्यमा सत्तारुढ दलका लागि चुनाव जित्ने अस्त्र भइरहेको महिलालाई नगद बाँड्ने योजना विस्तारै भारतभरि फैलिरहेको छ। कतै ‘मैयाँ सम्मान’, कतै ‘लाडकी बहीण’ त कतै ‘लाडली बहना’को नाममा नगद बाँडिन्छ।
नेपाल एयरलाइन्सका दुई वाइड बडी विमान खरिदमा भएको घुस लेनदेनमा नेपालीमूलका बेलायती नागरिक दीपक शर्मालाई दोषी ठहर गर्दै अमेरिकी अदालतले यूएईका बैंक खाताबाट नेपाली अधिकारीहरूलाई घुस दिएको तथ्य खोलेको छ।
हिउँदे बालीका लागि समेत पर्याप्त रासायनिक मल नपाउने किसानले मुख्य अन्नबाली धान रोप्ने सिजन असार–साउनमा त हाहाकार नै बेहोर्नु पर्छ। मल खरिदको लम्बेतान प्रक्रिया यो वर्ष कहाँ पुगेको छ?