AnonymousUser

Logout

हत्याको जाहेरी दर्ता गराउन आन्दोलन, सरकारी वकिलमा पुगेपछि ‘उन्मुक्ति’

जग्गा प्लटिङ विवादमा झापाका यामु निरौलाको हत्या हुँदा एमाले नेताका भाइ पनि मुछिए र घटनाको २३औँ दिनमा पक्राउ परे। तर प्रहरीबाट अनुसन्धान फाइल सरकारी वकिलको कार्यालय पुगेपछि मुद्दा नचल्ने निर्णय भएको छ।

छठमै अस्ताइन् छठगीतमा स्वर दिने शारदा सिन्हा

एचएमभी म्युजिकबाट सन् १९७८ मा शारदाले पहिलो छठगीत रेकर्ड गरेकी थिइन्। त्यसयता उनी छठ गीतको पर्याय नै बनेकी छन्। भोजपुरी कि सुप्रसिद्ध यी लोकगायिकाले मैथली र हिन्दीका गीतहरू पनि प्रशस्तै गाएकी छन्।

शहरमा तारको धरापः व्यवस्थापनको नीति बन्यो, काम भएन

इन्टरनेट सेवा प्रदायक दर्जनौँ कम्पनीका तारको आ–आफ्नो सञ्जाल छ। उपभोक्ताले कुनै कम्पनीको सेवा बन्द गरेपछि तार ननिकालिँदा पोलमा भार थपिने गरेको छ। प्रयोगविहीन तिनै तार दुर्घटनाको कारण बनेका छन्।

मधेशको तिहार ‘सोहरैया’ अर्थात् लोकजीवनको नवीकरण

कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिबाट शुरू हुने ‘यमपञ्चक’का पाँच दिनसम्म मनाइने तिहार मधेशका लागि ‘सोहरैया’ हो।

८ दशक पुरानो गौशाला धर्मशालाबारे २ दशकदेखि जारी विवादको चुरो

पशुपति विकास कोष र मारवाडी सेवा समितिबीच २०६० सालमा गौशाला धर्मशाला सञ्चालनसम्बन्धी भएको सम्झौता गत वर्ष एकतर्फी रूपमा भंग गरेको कोषले गत महिना काठमाडौँ महानगरसँग नयाँ सम्झौता गरेपछि विवाद बल्झिएको छ।

सडक पूर्वाधारका सात दशकः पहुँच विस्तार, सुरक्षामा अझै समस्या

पछिल्लो समय वर्षमा ८०० किलोमिटरभन्दा बढी कालोपत्रे सडक र २०० मिटर हाराहारी पुल बनिरहेको छ। तर पहाडी भेगमा सडक विस्तारसँगै पहिरोको समस्या त छँदैछ, सवारी दुर्घटनाबाट हुने मानवीय क्षति पनि कहालीलाग्दो छ।

भारतमा ‘डिजिटल अरेस्ट’बाट अनलाइन ठगी, नेपाल कति चनाखो?

अनलाइन बयान वा सोधपुछ कानूनले नचिनको र सरकारी निकायले अभ्यासै नगरेको अनुसन्धान विधि हो। तर ठगी गर्ने गिरोहले भारतमा यसरी ‘डिजिटल अरेस्ट’ गरी पढेलेखेका र प्रतिष्ठितलाई नै ठगिरहेका छन्।

पहिरो छल्न आकाशमार्गः १६ दिनमा पाँच हजार उडान, पौने तीन लाख यात्रुलाई सेवा

काठमाडौँबाट बाहिरिने प्रायः राजमार्गमा पहिरोले क्षति पुगेपछि दशैँ र सेरोफेरोका १६ दिन यात्रुको चाप व्यवस्थापन गर्न आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै बढी उडान र अवतरण भए।

‘रुफटप सोलार’ ऊर्जाको सम्भावनामा सरकारी नीतिको छेकबार 

सरकारी नीति खुकुलो भई उद्योगी–व्यवसायीले खाली रहेको छतलाई उपयोग गरेर सौर्य प्रणालीबाट उत्पादित विद्युत‍् उपभोग गर्न पाएमा धेरैजसो उद्यमी बिजुलीमा आत्मनिर्भर हुने अवस्था रहेको ऊर्जा व्यवसायी बताउँछन्।

सीमापारिबाट नेपालतर्फ सुन तस्करीसँगै भारतीय मुद्राको कालोबजारी 

अहिले नेपालको तुलनामा भारतमा सुन सस्तो छ। त्यसकारण भारतमा सुन किनेर नेपालतर्फ तस्करी गर्ने गिरोहलाई चाहिने भारतीय रुपैयाँको माग उच्च हुँदा सीमाक्षेत्रमा नेपाली मुद्राको भाउ खस्किएको हो।

सडकको चाप विमानस्थलमा: भिडले टर्मिनल अस्तव्यस्त, उडान ६ घन्टासम्म ‘डिले’

दशैँको मुखैमा बाढीपहिरोले काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने सडक अवरुद्ध भएपछि यात्रुको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ। यो विमानस्थलबाट क्षमताभन्दा बढी उडान र अवतरण भइरहेका छन्। 

काठमाडौँका सपिङ मलः के कारण बन्दैछन् ‘गोस्ट मल’

विकसित शहर र शहरी जीवनका अभिन्न आवश्यकता झैँ मानिने काठमाडौँका ‘सपिङ मल’ पछिल्लो समय किन खालि–खालि हुँदै गए? बजार र अर्थतन्त्र गुल्जार रहेको देखाउने यी मलहरु कसरी ‘गोस्ट मल’ बन्दैछन्?

एक्लै विधान संशोधन गरेर यसरी गरियो हरिखेतान सामुदायिक क्याम्पस ‘कब्जा’

वीरगन्जको हरिखेतान क्याम्पसमा तीन वर्षका लागि २०७५ असार १ गते सञ्चालक समिति अध्यक्ष भएका प्रेमप्रकाश खेतानले आफ्नो मात्र हस्ताक्षरले विधान संशोधन गरेर आफैलाई अध्यक्षमा निरन्तरता दिइरहेका छन्।

नियमविपरीत ठडिएको मेडिसिटी अस्पतालको संरचनाः अनुमति ३०० बेडको, सञ्चालन ७५०

आफ्नो वेबसाइटमा ७५० शय्या क्षमता भएको उल्लेख गर्ने अस्पतालले ३०० शय्याको मात्र स्वीकृति पाएको छ। हेलिप्याड र मुख्य भवनको आसपास बनाइएका अरू संरचनाहरू बिनाइजाजत बनाइएको भेटिएको छ।

‘अटो शो’मा ११ प्रतिशतसम्म छुट अफरः अरू बेला बढी मूल्य असुलिएको हो?

यसपालि नाडा अटो शोमा राखिएका गाडीमा १० लाख रुपैयाँसम्म छुट दिइयो। यस्तो छुट कसरी तय हुन्छ भन्ने न उपभोक्ताले थाहा पाउँछन्, न त पारदर्शी नै हुन्छ।

गोदाममा चिनी राखेर आफूखुशी मूल्य तोक्दै व्यापारी

पछिल्लो एक महिनामा चिनीको भाउ प्रतिकिलो २० रुपैयाँसम्म बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले नै अघिल्लो महिनाभन्दा प्रतिकिलो ७ रुपैयाँ भाउ बढाएको छ। चिनी उत्पादकहरू भने माग बढ्दा मूल्य बढेको दाबी गर्छन्।

सार्वजनिक यातायातमा ईभीः चालक भन्छन्– आम्दानी बढ्यो, चार्जिङ स्टेसनकै कमी

काठमाडौँ उपत्यकाभित्र छोटो दूरीमा मात्र नभई आसपासका जिल्लासम्म जाने मध्यम दूरीमा पनि ईभीको प्रयोग बढिरहेको छ। भन्सार विभागको तथ्यांकले समेत यस्ता विद्युतीय माइक्रोबसको आयात बढेको देखाउँछ।

सिप्रदीको व्यापारिक ‘कम्प्लेक्स’ प्रांगण जहाँबाट बग्थ्यो बल्खु खोला

सतुंगलस्थित कुनै बेला बल्खु खोला बगेको ठाउँ अहिले सिप्रदी ट्रेडिङको व्यापारिक कम्पाउन्ड कसरी बन्यो? खोलाको करिब साढे २ रोपनी जग्गा सिप्रदीले आफ्नो कम्पाउन्डमा बिलीन गराएको कथाः

उपेन्द्र महतोको मेडिकल कलेजले खोसेको माइली सर्किनीको घरजग्गा

करिब १९ रोपनी सार्वजनिक जग्गा हडपेर ठडिएको मेडिसिटी अस्पताल र त्यसको सञ्चालक अश्विन्स मेडिकल कलेजले भैँसेपाटीमा माइली सर्किनीलगायतको जग्गा पनि करकापमा पारेर आफ्नो बनायो, कसरी?

भारतको लोकसभामा रक्सौल–काठमाडौँ रेलको चर्चाः कहाँ पुग्यो निर्माण योजना?

भारतीय सांसद सञ्जय जैसवालले त्यहाँको संसद्‍मा चर्चा गरेको रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि भारतले ‘फाइनल लोकेसन सर्भे’को मस्यौदा नेपाललाई दिइसकेको छ।