हरित हाइड्रोजनको अनुसन्धान गर्न केयूमा ग्रिन हाइड्रोजन ल्याब स्थापना भएको छ। यो ल्याबले गत कात्तिकमा हाइड्रोजन कार–२०१९ हुन्डाई नेक्सो फ्युल सेल आयात गरेको छ। उक्त कारको मूल्य ३३ हजार अमेरिकी डलर छ।
प्रहरीका अनुसार सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिएका अपराधका नयाँ प्रवृत्ति र शैलीले साइबर अपराध अनुसन्धानमा चुनौती थपेको छ।
एआईका कारण विश्वका केही ठूला कम्पनीले कामदार कटौती गरिरहेका छन्। खासगरी प्रविधि, वित्तीय क्षेत्र, ग्राफिक डिजाइन, फोटोग्राफी आदि क्षेत्रका कामदारले रोजगारी गुमाइरहेका छन्।
समितिले एमडीएमएस र टेरामक्स प्रविधि खरिदका बारेमा मन्त्रालयबाट भएका नीतिगतदेखि सबै निर्णयहरुको विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरले तालिम दिन लागेको हो। यस योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम र पाँच हजारलाई रोजगारी दिने लक्ष्य छ।
ओपन एआईको च्याट जीपीटीलाई तालिम दिन आफ्नो प्रकाशनका दशौँ लाख लेखहरू अनुमतिबिना प्रयोग गरेको न्यु योर्क टाइम्सले जनाएको छ।
पछिल्लो समय अमेरिका, बेलायत, चीन तथा विभिन्न वैश्विक समूह जस्तै, जी-७ हरूले एआई सञ्चालनका लागि आ-आफ्नै प्रस्तावना तयार पारेका छन्।
म्युनिख र डबलिनमा समेत साइबर सुरक्षा केन्द्र रहेको गुगलले यस नयाँ केन्द्रमा भने साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञ राख्ने जनाएको छ।
केहीदिन पहिले बलिवुड अभिनेत्री रश्मिका मण्डनाको डिपफेक भिडियो भाइरल भएको थियो। उक्त घटनापछि भारतमा डिपफेकविरुद्ध कडा नियम बनाउनुपर्ने बहस छेडिएको छ।
दुई पक्षबीच समझदारीपछि साम अल्टम्यान पुनः आफ्नो पुरानै पदमा फर्किएका ओपन एआईले जनाएको छ। ओपन एआईले सञ्चालक समिति पनि हेरफेर गरेको छ।
विदेशी च्यानलबाट विज्ञापन नबजे पनि प्रचार सामग्री हेर्नुपर्ने बाध्यताबाट नेपाली दर्शकले छुटकारा पाएका छैनन्। उनीहरूले च्यानलको पैसा तिरेर विज्ञापनरहित कार्यक्रम हेर्न नपाउनु ‘क्लिन फिड’ नीति विपरीत छ।
भीपीएन र डीएनएस प्रयोगबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डेटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको छ।
बैंक अफ कोरियाको अध्ययनअनुसार उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने सम्भावना उच्च छ।
दूरसञ्चार प्राधिकरणले टिकटकमा पहुँच दिने इन्टरनेट सेवा प्रदायक तथा मोबाइल सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर एक व्यक्तिको अनुहारमा अर्काको अनुहार राखी नक्कली भिडियो बनाउने प्रविधिलाई ‘डिपफेक’ भनिन्छ जुन वास्तविकजस्तै देखिन्छ, तर नक्कली हुन्छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष परुषोत्तम खनालले प्रणाली लागू भएको दुई दिनमा १५ सय भन्दा बढी डिभाइसहरू बन्द भइसकेको भन्दै अब एमडीएमएसस नरोकिने बताए।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर पहिलो चरणमा यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो।
ट्राफिक जाँचका क्रममा नागरिक एपमार्फत देखाइएको लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको छ।
फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालका पोस्टहरूमा आफ्ना बालबालिकाको अनुहार लुकाउनुले प्रविधिको क्षितिजमा के भइरहेको छ भन्ने अनुमान संसारका हरेक अभिभावकले लगाउन सक्छन्।
दायर मुद्दामा मेटाले प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्यमा हानि पुगे पनि प्लेटफर्ममा अधिकतम समय बिताउनका लागि त्यहीअनुसार डिजाइन गरिएको उल्लेख छ।