प्रचण्डको ‘धोका’का समान भुक्तभोगी ओली र देउवाको सत्तासाझेदारीमा आगामी चुनावमा माओवादीलाई साइजमा राख्ने ओलीको चाहना जति प्रष्ट छ, सत्ता हस्तान्तरणमा ओलीको ‘रेकर्ड’ देउवाको आशंकाको कारण पनि बनेको छ।
मेरो सिंगो बाल्यकाल ‘सम्पदा पदयात्रा’मा बितेको रहेछ। वास्तवमा सिनेमामा देखाइने कलात्मक दृश्यजस्तो परिवेशमा म बाँचेको रहेछु। यहाँ सम्पदा र मान्छेको बसोबासलाई छुट्याउने कुनै रेखा थिएन।
आपत्काल घोषणा गर्ने तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी बितेको चार दशक भइसक्दा पनि आपत्कालको भूतले भारतीय राष्ट्रिय कांग्रेसलाई तर्साइरहेकै छ।
करिब २२ करोड मुस्लिम आबादी रहेको भारत इन्डोनेसिया र पाकिस्तानपछि सबैभन्दा धेरै मुस्लिम बसोबास गर्ने देश हो। पछिल्लो मन्त्रीमण्डलमा ७१ जना मन्त्रीले शपथग्रहण गर्दा त्यहाँ एक जना पनि मुस्लिम परेनन्।
सत्तासमीकरण जोगाइराख्न ‘हत्तुहैरान’ बनेर लागेका एमाले या माओवादी पार्टीले गिरीबन्धु प्रपञ्चदेखि अबको जग्गा सट्टापट्टा विधेयकबारे केही बोलिहाल्नेछन् होला भन्न मुस्किल छ।
भारतको अभ्यासले भन्छ, एकाधचोटि पछारिएपछि पुराना दल सम्हालिएर टिक्न अभ्यास गरे सकिन्छ। तर सविधान संशोधन गरी चुनाव प्रणाली फेरे पनि हामी त्यसो गर्नेवाला छैनौँ।
नेपालमा राजनीतिक नेताहरूको गर्भे गोजीबाट निकालिएका अमुक पात्रहरू राजदूत बनेर जाने र रमिते हुँदै फर्कने ट्रेन्ड त अब ‘सनातनी’ भैसकेको छ। यसमा न प्रश्न छ, न जवाफ।
व्यापक आप्रवासनको यस युगमा माइला–माइलीहरू लामो ‘माइलेज’को यात्रामा छन्। उनीहरूको रोकिने छाँट छैन। हामीहरू नै रोकिएका छौँ र?
चुनावी रणनीतिकार प्रशान्तकिशोरले भनेका छन्, ‘छ महिनाभित्र महाराष्ट्र, हरियाणा र झारखण्डमा विधानसभा चुनाव हुँदैछ, ती चुनावका नतिजाले मोदीमाथि चुनौती आइपर्ने या हट्ने निर्क्योल गर्नेछन्।’
मोदीले आफूलाई ‘परमात्माले पठाएको’ घोषणा गरिसकेका थिए, चुनावी नतिजासँगै अहंकार चकनाचुर भएको विश्लेषण गरिएको छ। राम मन्दिर रहेको अयोध्यामै भाजपा उम्मेदवार पराजित हुँदा आलोचकले स्वाद मानेका छन्।
चाखलाग्दो के छ भने भर्खरै ‘टिनेज’ कटेका ती युवकले आफ्नै आमाका अघि निर्धक्क घरमा केटी साथीहरू निम्त्याउने र ‘गुप्तवास’समेत बस्ने गरेको उनकै सहपाठीहरूले बताए।
दोस्रो चोटि अर्थमन्त्री भएका वर्षमान पुनले यसपालि पनि संसद्मा बजेट पेश गर्न पाएनन् भने अचम्म हुनेछैन, अहिलेसम्मका घटनाक्रमअनुसार। संवैधानिक बाध्यताका कारण बजेट त जेठ १५ मै आउनेछ।
भारतमा गोदी मिडिया भनेर जसरी मिडिया आलोचित र विवादित हुँदै गएको छ, वैकल्पिक मिडियाले तिनको स्पेस खोसिरहेको छ।
‘फ्रन्टफुट’मा ‘स्ट्रेट ड्राइभ’ मार्न खप्पिस कप्तान अहिले ‘ब्याकफुट’मा टुकुरटुकुर छेक्न संघर्षरत छन्। पार्टी उपकप्तानसहित स्थापनाकालीन ‘प्लेइङ सेट’का खेलाडीले पनि सहकारीका ‘बाउन्सर’ सामना गर्नुपरेको छ।
अहिले सरकारका उपप्रधानमन्त्री रहेका दुई नेताको किचलो नारायणकाजी गृहमन्त्री अनि रवि विपक्षमा रहेका बेला राज्यव्यवस्था तथा सुशासन समितिमा भएको नोकझोकपछि छताछुल्लै भएको थियो।
आपलाई आइलागेको आपत र रविलाई भइरहेको राहतमा भिन्नता छ। मोदी सरकारले विपक्षी नेताविरुद्ध केन्द्रका एजेन्सी लगाइदिएको छ। यता रवि प्रतिपक्षमा रहँदा पनि दोहोरो पासपोर्टमा मुद्दा चलाउन नपर्ने निर्णय गरियो।
भाषिक सम्बोधनको कुरा आखिर विचार र चेतनाकै हो। भाषिक प्रयोगमार्फत कसैलाई आफूतल या आफूमाथि ठहर गर्न हामी खोजिरहेका छौँ भने त्यो साह्रै 'झुर' हो।
जनमानसमा बेदाग ठानिएका मोदीको सफेद कुर्ता–पाइजामामा चन्दा काण्डले दाग बसाल्ने सम्भावना देखिँदैछ।
एउटै व्यक्तिको बदलिरहने चरित्र सम्झेर परशु आफूलाई उदेक लाग्ने बताउँथे। जस्तो, एउटा व्यक्ति बिहान ट्युसन मास्टर, दिउँसो क्लर्क, बेलुका कोही फूलमाया नामकी केटीको प्रेमी र राति पत्नीको प्यारो पति हुन्छ।
भारतका विपन्न १२ सय गाउँमा १०-१० करोड भारु पुग्दा त्यसबाट के–के बन्न सक्थे? कति बिरामीको उपचार हुन सक्थ्यो? कति भोका बालकको भोक मेटिन्थ्यो?