कांग्रेसको पार्टी सभापतिमा दोस्रो कार्यकाल चलाइरहेका देउवा सत्ताका लागि ‘जे पनि गर्ने’ नेताको रूपमा चिनिन्छन्। तर उनकै हुस्सुपना र हठका कारण अहिले कांग्रेस मैदानको खेलाडीबाट बेञ्चमा 'बेल्गिएको' छ।
नेपालमा वामपन्थी र राष्ट्रवादी शक्ति हाबी भएको अवस्थामा चीनलाई अमेरिका र भारतको प्रभाव कम गर्न र आफ्नो प्रभाव बढाउन सजिलो पर्नेछ भने भारत र अमेरिकाले पनि चीनको प्रभाव कम गर्न भरमग्दुर प्रयास गर्नेछन्।
चिट्ठा परे झैँ सत्ता प्राप्त भएपछि कांग्रेसमा, खासगरी प्रधानमन्त्री एवं पार्टी सभापति वरिपरि जम्मा भएको समूहले यसबीचमा सत्ताउन्मादी जे-जस्ता क्रियाकलाप गरिरह्यो, आज त्यसकै नतिजा आएको हो।
वैज्ञानिक ट्राफिक व्यवस्थापन र सवारी चालक शिक्षा लागू गरेर अरू देश सवारी दुर्घटना न्यूनीकरणमा सफल भएका छन्। हामीले पनि त्यसतर्फ तदारुकताका साथ पाइला चाल्नु आवश्यक छ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा बर्रे संघर्ष भनिने सामन्तका तमसुक जलाउने आन्दोलनका कमान्डर केशरमणि पोखरेलको ८५ वर्षको उमेरमा मंसिर २४ गते निधन भएको छ।
कोही आन्दोलनकर्मी निर्दोष भए वा प्रहरी अभियोजन दुराग्रहपूर्ण भए कानूनी र वैधानिक रूपमै निराकरण खोजिनु पर्छ। अन्यथा राजनीतिक निर्णयहरूले समाजको सद्भाव खलबल्याउने र दण्डहीनतालाई प्रोत्साहन दिने छ।
राखेप सदस्य–सचिव भएपछि सिंहले गरेका धेरै निर्णयले वाहवाही कमाएको थियो। राजनीतिक नियुक्तिबाट आएका र पद मात्र ओगटेका कतिपयलाई हटाउन थालेपछि भने आलोचना भयो। तर उनी न मात्तिए, न आत्तिएका थिए।
कोर मधेशमा कमजोर एमालेलाई मधेश विरोधी ट्याग पनि थियो। प्रतिकूल अवस्थामा पनि ओलीले मधेशलाई काफी प्राथमिकता दिए। तर शेरबहादुर देउवाले न मधेशमा संगठन बनाउन रुची देखाए, न चुनावमा प्राथमिकतामा राखे।
प्रतिनिधिसभामा नातागोताको लामो श्रृङ्खला चल्नुको पछाडि ‘विरासत’को राजनीति मात्र छैन, पुरानो पुस्ताले ओगटिरहन खोज्ने र नयाँ पुस्ताले चुनौती दिने क्रम पनि शुरू भएको छ।
मतदातामा भ्रष्टाचारको नयाँ मानक खडा गरिरहेको सरकारप्रति चरम असन्तुष्टि रहेका बेला सत्ता चाहिँ सामाजिक सञ्जालमा ‘साइबर स्वाँठ’हरू प्रयोग गरेर सत्ताको भक्ति नगर्ने जोकसैलाई दुत्कारिरहेको थियो।
खगेन्द्रको बगावतलाई लिएर केही मान्छे किन रोष प्रकट गर्छन्? ट्विटर प्रतिक्रियामा किन उनलाई गाली गरिन्छ? भर्खरै प्रकाशित उज्ज्वल प्रसाईको 'एक बागी' किताब पढिसक्दा यी प्रश्नको उत्तर पाइन्छ।
स्वतन्त्र पार्टीले यो निर्वाचनमा ल्याएको हलचलले कैयौँ यस्ता प्रश्न जन्माएको छ जसको उत्तरमा रवि लामिछाने नेतृत्वको पार्टी, त्यसले राजनीतिमा गर्ने ‘हस्तक्षेप’ अनि देशका भावी दिन र दशा निर्भर छन्।
पुराना दलहरूको प्रभाव बिस्तारै खस्कँदै छ। तर जनताको असन्तुष्टि दलहरूको आन्तरिक राजनीतिमा प्रतिबिम्बित हुने छैन। अर्थात्, कांग्रेस, एमाले अथवा माओवादी केन्द्रको नेतृत्व पुरानै व्यक्ति वरिपरि घुम्ने छ।
मायादेवीका चार छोरा कामका लागि भारत गएका, अहिलेसम्म फर्किएनन्। उब्जाएको अन्नबालीले वर्षभरि खान पुग्दैन। दुःख त कति हो कति। नेता चुनाव जितेर फर्किँदैनन्, कसलाई सुनाउने हो र?
संघीय निर्वाचनको छायामा हराएको प्रादेशिक निर्वाचन झट्ट हेर्दा प्रदेश संरचना उपेक्षित बनेको जस्तो देखाउँछ। तर, यसले संघीयता र योसँग अन्योन्याश्रित संविधानकै दिन र दशा औँल्याइरहेको छ।
यसपालिको संघीय निर्वाचन कसले जित्ला? यस निर्वाचनका रोचक पक्ष के-के हुन्? हरेक निर्वाचनअघि सोधिने प्रमुख प्रश्न यिनै हुन्। यो विश्लेषणमा यही प्रश्नको उत्तर खोज्ने प्रयास गरिने छ।
शेषनले नैतिक बन्धनमा सीमित आचारसंहितालाई कानूनसरह लागू गराइदिए। आचारसंहिताको उल्लंघन दण्डनीय हुने भयो। चुनाव आचारसंहितालाई भारतमा शेषन संहिता भनिन थालियो।
एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्न रोजेको पाँचतारे होटेल र त्यहाँ देखापरेका परिदृश्य आफूलाई ‘कम्युनिस्ट’ भनेर चिनाउने यो पार्टीको पछिल्लो अवस्था दर्शाउन काफी छन्।
प्रदीप दाइ सधैँ कांग्रेस पार्टीमा रहनुभयो। बीपीसँग कटु सम्बन्ध हुँदा पनि पार्टी छाड्नु भएन। जीपीले भिटो लाएर ०४८ को चुनावमा टिकटबाटै वञ्चित गर्दा पनि पार्टीसँग मोहभंग भएन।
वर्गकै आधारमा नागरिकमाथि सिधै राज्यले विभेद नगरोस्।