ढुंगामाटोले बनेको महाकवि देवकोटा बस्ने घर २०७२ सालको भूकम्पले क्षति पुर्याए पनि संरक्षण गर्न सकिने विज्ञहरूको सुझाव बेवास्ता गरेर प्रज्ञा प्रतिष्ठानले जगैदेखि भत्काई लिफ्टसहितको आधुनिक भवन बनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तालिम प्राप्त कुकुरहरूको छुट्टाछुट्टै पूजा गर्नुका साथै कला प्रदर्शनी पनि गरेका छन्। कुकुरलाई सुरक्षा निकायले अनुसन्धानमा प्रयोग गर्दै आएका छन्।
उज्यालो र सम्पन्नताको प्रतीक मानिने दीपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ। राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले सबैमा उमंग छाएको छ।
साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।
नेपाली समाजमा भएको जातीय तथा वर्गीय विभेदलाई लिएर झ्याउरे छन्दमा लेखिएको खण्डकाव्यमाथि तीन जना समालोचकले चर्चा गरेका छन्।
जात काढेर जेल हालिएको एक बाहुनलाई जसरी प्रजा परिषदका नेता र कार्यकर्ताले गोपी च्यामे भन्न चाहेनन् र गोपी शर्मा भन्न पनि सकेनन्, त्यसैगरी उपन्यासमा उसलाई गोपीचा बनाइयो।
किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।
कात्तिक कृष्ण त्रयोदशी परेकाले शनिबार बेलुकादेखि नै यमदीपदान गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर जाजरकोट दरबार निर्माण गरिएको थियो। त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो।
सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोगस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।
बलि चढाउँदा आफूले चिताएका इच्छा, आकांक्षा पूरा हुने जनविश्वासले पाथीभरा आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे। अहिले भने त्यो चलन हट्दै गएको छ।
हाँडीगाउँवासीमाझ प्रचलित विभिन्न किंवदन्तीलाई सार्थक पार्ने जात्राका खट, मैनको फूल, पूजाविधि लगायतका विभिन्न अद्वितीय कारणले ‘चोक्टे नारायण जात्रा’ले कहीँ नभएको जात्राको उपमा पाएको हो।
३० वर्षअघि नेपालीबाट प्रतिव्यक्ति २५ र विदेशी पर्यटकबाट ५० रुपैयाँ लिएर गुरुङ पोशाक लगाइदिने गरेकी हरिमायाको सिको गर्दै अहिले पूरै घान्द्रुकका होमस्टेले यसैलाई यहाँको चिनारी बनाएका छन्।
उमेरले नेटो काट्दै गर्दा सत्यमोहनले आफ्नो निवास बखुंबहालमा निर्माणाधीन संग्रहालयमा एउटा अलौकिक चित्रकला (चक्रसंवर पौभा भित्तेचित्र) रच्न लगाए। त्यो भित्ते चित्रकला पूरा नहुँदै संसारबाट बिदा लिए।
परापूर्वकालदेखि चलिरहेको यो पर्व बीचमा २५ वर्ष रोकिएपछि अहिले पुनः शुरू गरिएको सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले बताए।
नाच लोप हुने डरले थारू अगुवाहरूले मेडरी नाचका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाएका छन्।
३० वर्षअघि नै प्रकाशमा आएको प्राचीन मगर र अक्खा लिपिमाथि पर्याप्त बहस र मन्थन गर्ने ठाउँ हुँदाहुँदै बौद्धिक तप्का चुपचाप बस्नुले मगर लिपि प्रयोगमा ल्याउन नचाहेको प्रष्ट हुन्छ।
मंगलबार दशैँको मुख्य दिन छुटेका पारिवारिक सदस्य र आफन्तको हातबाट बुधबार पनि प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ।
दशैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारहरूको भनाइ छ।
पहिले–पहिले भव्य रूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दसैँ मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेको पालुङवाको भनाइ छ।