राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा लगायत उच्चपदस्थ अधिकारीसहित सर्वसाधारणलाई टीका लगाइदिएका छन्।
‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे। उनी हालै ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फर्किएका छन्।
राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।
म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा तत्कालीन थापा राजाका पालादेखि छेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ।
प्रत्येक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म अन्न ग्रहण नगरी अनुष्ठान गर्ने गरेको उनले बताए।
टीका प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनसँगै झिलिमिली दृश्यकाे तस्वीर लिन तथा भिडियाे, टिकटक बनाउनेहरूकाे पनि भिड लाग्ने गरेको छ।
दशैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ।
महानवमीको अवसरमा बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारीसाधनले आफूलाई सधैँ साथ दिने, नबिग्रिने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन्।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुला गर्ने चलन छ। मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजन बिहानैदेखि लामबद्ध छन्।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने गर्छ।
भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बस्ने र विजयादशमीका दिन ससुराली जाने गर्छिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहेको छ।
दिनोज पेसामा यति इमानदार छन् कि नियमित आउने ग्रहकको लागि कागजको चंगा स्टकमा राखेर भए पनि खाली हात पठाउँदैनन्। दशैँतिहारमा मात्र नभई बाह्रै महिना चंगा बेच्नेमा पर्छन् उनी।
कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा गर्नेसमेत चलन छ।
गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइने गरिन्छ।
फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो।
खोकनामा मानिससरह धारामा नुहाउँदै गरेका हाँस, रुद्रायणी मन्दिरको भागमा छाडिएका बाख्रा र तिनका पाठापाठीलाई पनि त्यहाँ चढाएका प्रसाद खान भ्याईनभ्याई हुन्छ। मन्दिर परिसर धूपबत्तीको बास्ना र रापले भरिन्छ।
हरेक वर्ष दशैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती हर्षबढाइँका साथ काठमाडौँस्थित हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ।
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ। फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नौ दिनसम्म पूजा गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।