AnonymousUser

Logout

एक महिना लामो सांगीतिक यात्रा गर्दै नेपथ्य

ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत-संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै प्रस्तुति दिन लागेको बताए।

कात्तिक नाचको दोस्रो दिन आज बाथः प्याखँ हुँदै

३८२ वर्ष पुरानो कात्तिक नाचको दोस्रो दिन सोमबार बाथः प्याखँ हुँदैछ।

भरतमूनि अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’

यो नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको हो।

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

केही समयअघि मिथिला क्षेत्रको मुख्य पर्व मानिने छठ अब नेपालकै राष्ट्रिय पर्व नै बनेको छ। काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता छठ मनाइँदै आइएको छ।

हामीलाई प्रश्‍न गर्न र बागी हुन खगेन्द्र संग्रौलाले सिकाउनु भयो : गगन थापा

'एक बागी: खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष' पुस्तकमा कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने विषय समेटिएको थापाले उल्लेख गरे।

आजबाट पाटनमा कात्तिक नाच

पहिलो दिन ‘भक्त सुरुदास’ नाच प्रहसन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताए।

आज छठ व्रत : ‘सझिया घाट’ को तयारी

यसअघि बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् भने शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ।

नेपाल-युरोपेली युनियन चलचित्र महोत्सवमा देखाइँदै १५ फिल्म

शनिबारदेखि मंगलबारसम्म नियमित चल्ने महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्।

सत्यमोहन जोशीले राखेका कीर्ति र योगदान राष्ट्रका सम्पत्ति हुन्: प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रूपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए। 

विधिवतरूपमा छठ पर्व शुरू, आज ‘नहाय–खाय’

मुख्यगरी मिथिला क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व आजबाट विधिवत शुरू भएको छ। छठको पहिलो दिन आज नहाय-खाय विधि सम्पन्न हुनेछ।

आज तिहारको मुख्य दिन भाइटिका, ११ः३७ मा उत्तम साइत

दिदीबहिनीले दाजुभाइलाई टीका लगाइ मनाइने भाइटिकाले दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्ति हुने जनविश्वास छ। भाइटिकाको उत्तम साइन ११:३७ मा भएपनि दिनैभर टीका लाउन सकिने छ।

‘के घर के डेरा’लाई दर्शकले दिएको साथले उत्साहित छौँ : निर्देशक खनाल

चलचित्रले प्रदर्शनमा आएदेखि नै देशभरका अधिकांश हलका शो हाउसफुल रहेको कार्यकारी निर्माता युवराज कार्कीले बताए। 

देउसी-भैलीको मौलिकता जोगाउनै मुश्किल

देउसी-भैलीले ऐतिहासिक एवं धार्मिक महत्व बोके पनि समयक्रमसँगै यसको मौलिकता कम हुँदै गएको संस्कृतिविद्हरूको मत छ।

हराउँदै सोरठी नाच

गुरुङ तथा मगर समुदायमा प्रचलित सोरठी नाच पछिल्लो समय सीमित हुँदै गएको छ।

भुजुङको ५०० वर्ष पुरानो मौलिकता बिथोल्दै ठडियो कंक्रिटको भवन

लमजुङको परम्परागत गाउँ भुजुङमा गाउँपालिकाकै लगानीमा पहिलो कंक्रिट भवन बनेपछि मौलिकता मासिने चिन्तामा छन् स्थानीय।

तिहारको चौथो दिन आज गाईपूजा

यम पञ्चकको चौथो दिन आज गाईको पूजा गरी मनाइँदै छ। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले आजको दिन गाईलाई गौमाताका रूपमा पुजिने गर्दछ।

राष्ट्रपति निवासमा देउसीभैलो 

राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा देउसीभैलो खेलिएको छ।

आज कुकुर तिहार, कुकुरको पूजा गरी मनाइँदै

आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो। यसपटक कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ।

देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक मानिन्छन्।

हैदरावादमा गुन्जिए संघर्षका गजल

भारतको हैदरावादमा कमल संघर्षको गजलबाचन सम्पन्न भएको छ। सुदूरपश्चिमेली नेपाली समाज, तेलांगना राज्य समितिको आयोजनामा भएको कार्यक्रममा उनका गजलसंग्रहहरूको विमोचनसमेत गरिएको थियो।