AnonymousUser

Logout

कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको ‘थिक् नेशेन्’लाई

पुरस्कार निर्णायक समितिको बैठकले यस वर्षको कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको कृति थिक् नेशेन्‌लाई दिने निर्णय गरेको हो।

आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा

इसाई धर्मगुरु जिसस क्राइस्टको जन्मदिनको खुसीयालीमा ‘क्रिसमस डे’ मनाउँने चलन छ। इसाई धर्मावलम्बीले आपसमा शुभकामना आदानप्रदान र चर्चमा प्रार्थना गर्दै यो पर्व मनाउँने गर्छन्।

परिवर्तनको जगमा उल्लासको पर्व बनेको क्रिसमस, धार्मिक सहिष्णुताको उदाहरण बन्दै

कुनैबेला इसाई धर्मावलम्बीको मात्र चाड मानिने क्रिसमस अहिले नेपालीको साझा पर्वजस्तै बन्न थालेको छ। यसमा मुलुकको राजनीतिक परिवर्तन र भूमण्डलीकरण दुवैले काम गरेका छन्।

ह्विल अन द बस : धार्मिक र सामाजिक व्यवस्थामाथि प्रहार

साथीहरूले बनाएको काठको बसका लागि भ्यालले घरको फलामबाट दुई वटा पाङ्ग्रा बनाउँछन्। बाँकी पाङ्ग्राका लागि शिक्षकको घरको त्रिशूल र विद्यालयको घण्टी चोर्छन्। जातीय विभेद र गरिबीको कथा यहाँबाट शुरू हुन्छ।

‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र ‘गुरु’लाई पहिचान पुरस्कार

यस वर्षको पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

कोही किन शिक्षक बन्न चाहन्न?

वक्ताहरूले सरकारी नीतिका कारण शिक्षण पेसामा युवाहरूको रुचि कम देखिएको औँल्याएका छन्।

साहित्य महोत्सवमा बहस : कस्तो पोखरा?

नेपाल साहित्य महोत्सवको दोस्रो दिन कास्की-२ की सांसद विद्या भट्टराई, पोखरा महानगरका मेयर धनराज आचार्य र व्यवसायी आनन्दराज मुल्मीले आगामी पोखरा कस्तो हुनुपर्छ भन्नेबारे बहस गरेका छ।

निर्मलको ‘एकान्त’ सार्वजनिक

निर्मलकुमार थापाको नयाँ कथासंग्रह ‘एकान्त’मा १९ कथा समेटिएका छन्।

सुदूरपश्चिममा शुरू भयो भुवापर्व, ५ दिन मनाइने

पाण्डव र कौरवबीचको लडाइँपछि पाण्डव विजयी भएको दिनलाई स्मरण गर्दै सुदूरपश्चिममा भुवापर्व मनाउने चलन छ।

सांगीतिक महौलबीच पोखरामा लिटेचर फेस्टिभलको दशौँ संस्करण शुरू

सांगीतिक महौलका बीच पोखरामा नेपाल लिटेचर फेस्टिभलको दशौँ संस्करण शुरू भएको छ।

फरक भूमिका रुचाउने विपिन

चलचित्र ‘जात्रा’बाट दर्शकमा छाप छाडेका अभिनेता विपिन कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्। लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायत चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिन्छ।

संगीतकार रञ्जित गजमेरको जीवनी ‘मोहनी मादल’ सार्वजनिक

शेखर खरेलद्वारा लिखित वरिष्ठ संगीतकार रञ्जित गजमेरको जीवनी ‘मोहनी मादल’ सार्वजनिक गरिएको छ।

टोखामा फल्चा बनाउन जग खन्दा भेटियो मल्लकालीन इँटाबाट बनेको संरचना

टोखा–२ को नगर क्षेत्रभित्र भेटिएको करिब २१६ सेन्टिमिटर लामो संरचनामा माआपा (मल्लकालीन इँटा) को प्रयोग भएको छ। कोठा आकारको संरचनाको गारो १८ इन्चको र दुई पर्खालबीचको भाग ४२ इन्चको छ।

नेपाल लिटरेचर फेस्टिभलमा २०० विशिष्ट व्यक्तित्वको उपस्थिति रहने

एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म सहभागी हुने फेस्टिभलमा देश-विदेशका करिब २०० साहित्यकार, राजनीतिज्ञ, लेखक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने छ।

‘कञ्चनजंघाको काखबाट’ लिएर आए गिरिराज

पत्रकार गिरिराज बाँस्कोटाको नियात्रा संग्रह ‘कञ्चनजंघाको काखबाट’मा नेपालका मध्यपहाडी जिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका विषयहरू समेटिएको छ।

टीका प्रसाईंले ल्याइन् ‘आश छ र त’

टीका प्रसाईंको गीत ‘आश छ र त’ सार्वजनिक भएको छ। प्रसाईंकै स्वरमा रहेको गीतको शब्द रचना र संगीत पनि उनी आफैँले गरेकी हुन्।

‘डिसेम्बर फल्स’मा दर्शकले देख्न चाहेको भूमिकामा छु : आर्यन सिग्देल

भारतीय निर्देशक प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरीलगायतले अभिनय गरेका छन्।

भारतीय अभिनेता ओबराेय नेपालमा

व्यवसायी पुनम यादवको निमन्त्रणामा नेपाल आएका भारतीय अभिनेता विवेक ओबराेय १० दिन नेपालका विभिन्न ठाउँ घुम्ने छन्।

टुकुचाको सुरुङ पुरातात्विक भएको प्रमाणित, दण्डित होलान् बालेन र काठमाडौँ महानगर?

पुरातत्व विभागले तयार पारेको प्रतिवेदनमा टुकुचामाथि बनेको सुरुङ पुरातात्विक महत्त्वको भएको भन्दै यो खण्डित हुनुमा काठमाडौँ महानगर नै जिम्मेवार भएको उल्लेख छ।

अधिवक्ता कार्कीले ल्याइन् 'फूलको चोट'

चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीत प्रीति कार्की युटयुब च्यानलमा सार्वजनिक भएको हो।