सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ।
कृतिमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ।
भारतीय अभिनेत्री फेसन रनवे शोमा सहभागी हुने मलाइका अरोरा काठमाडौँमा आइपुगेकी छन्।
निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त भएका डा. बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेखेर प्रकाशित गरेका छन्।
हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई फिल्ममा देखाइएको निर्देशक डा. कपिल रिजालले बताए।
पाकिस्तानको राष्ट्रभाषामा कविताहरू अनुवाद हुँदा नेपाली साहित्यकारहरूको रचना र पहिचान विस्तार हुने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ।
तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आएका बेला विसं १८८७ मा पहिलो पटक गोरु जुधाएर देखाइएको थियो। त्यसलाई निरन्तरता दिँदै हरेक वर्ष गाेरु जुधाउने चलन छ।
महाभारत पर्वतका हरिया लुंगहरूको सुन्दर दृश्यले चकित हुन्छु। समय एकैछिन रोकिइदिए हुन्थ्यो भन्ने लाग्दा लाग्दै निमेषभरमै कालो बादलको साम्राज्य शुरू भइसक्छ आकाशमा।
स्वस्थानी व्रतका अवसरमा शुक्रबारदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालि नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गरेको छ।
साहित्यकार विश्वम्भर चञ्चलले आत्मकथामा २००७ सालदेखि गणतन्त्रसम्मैको चर्चा गरेका छन्। कमल रिजालको पुस्तक भने धार्मिक दर्शनमा केन्द्रित छ।
माघी पर्वमा गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरको योजना बनाउने परम्परा छ।
प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको ‘महाभारा’ उपन्यासलाई निर्देशक अन्वेश राई थुलुङले नाटकमा रूपान्तरण गरेका छन्।
काठमाडौँमा नेपथ्यले अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रूपमा आफ्नो अभियानको अन्तिम सांगीतिक प्रस्तुति दिएको छ।
प्रधानमन्त्री दाहालले तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उल्लेख गरे।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुन्छ। त्यसैले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ गर्ने ध्येयका साथ इलामको चुलाचुलीमा शुरू भएको नाट्यसंस्था चुलाचुली रंगमञ्चले ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ घोषणा गरेको छ।
पोखरामा आयोजित नेपाल लिट्रेचर फेस्टिबल सम्पन्न भएको छ। गजलकार प्रदीप रोदनको विशेष प्रस्तुतिसँगै महोत्सव सोमबार साँझ सम्पन्न भएको हो।
विष्णुमती करिडोर क्षेत्रका अनधिकृत संरचना हटाउँदा काठमाडौँ महानगरका कर्मचारीले फेला पारेको शंखधर साख्वाको मूर्ति पूरातात्त्विक महत्त्वको नभएको संस्कृतिविद्हरूले बताएका छन्।
गीत–सङ्गीत राम्राे भएका फिल्मले कमाइ पनि राम्राे गरिरहेका छन्। तर, पछिल्लाे समय निर्माताले गीतमा लगानी कम गर्न थालेकाे सङ्गीतकारहरू बताउँछन्।
भूकम्पले क्षति पुर्याएको नुवाकोटको ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ।