संखुवासभा, धनकुटा र तेह्रथुममा छायांकन गरिएको भिडियोमा गाउँघरका कथावस्तु र पात्रहरूको अभिनयलाई प्रस्तुत गरिएको छ।
गोदावरीस्थित चिभा लाछिःमा रहेको चैत्यबाट २ वटा मूर्ति चोरी भएका छन्। यसअघि पनि सोही चैत्यबाट एउटा मूर्ति चोरी भएको थियो।
बालकलाकार आश्विनी मानन्धरको चित्रकथा ‘पिरामिडमा पान्डा’ लोकार्पण गरिएको छ।
मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष होलीको अवसरमा महामूर्ख सम्मेलनको आयोजना गर्ने गरेको छ। सम्मेलनले समाजका अगुवा व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गर्दछ।
मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दैछन्।
होली दिन भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोगव्याध हटेर जाने विश्वास छ।
असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा होली मनाउने चलन छ।
कुनैबेला पाठकले भरिभराउ हुने भीमदत्त नगरपालिका–२ स्थित शुक्लाफाँटा सामुदायिक पुस्तकालय अहिले सुनसान छ।
वसन्तपुरलगायत काठमाडौँका विभिन्न स्थानमा होलीको रौनक शुरू भएको छ।
असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा फागु पूर्णिमा मनाउने चलन छ।
शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखित ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ कृति सार्वजनिक भएको छ।
काङलिङ त्यस्तो परम्परागत बाजा हो, जुन मान्छेको नलीहाडबाट बनेको विश्वास गरिन्छ। संग्रहालयमा यो बाजा कहाँबाट ल्याइयो भनेर रामप्रसाद खुलाउन चाहँदैनन्। काङलिङ अब लोप हुन थालेको छ।
तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियोमा समेटिएको छ।
नाटक हेरिरहँदा दर्शकले रूपा सुनारलाई केन्द्रमा राख्न पुग्छन्। रूपा सुनुवारसँगै शहरका घरधनीहरूबाट अपमानित दलित साथीहरूका थुपै घटनाहरू साझा भइदिन्छन्।
रानी जगदम्बाले कृषि महाविद्यालय चलाउन ६ दशकअघि सरकारलाई दिएको १०० वर्ष पुरानो श्रीमहल, प्रबलीकरण गर्न सकिने हुँदाहुँदै पनि पूर्णरूपमा भत्काएर पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।
प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।
प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यले मासिक ५१ हजार चार सय ४७ रुपैयाँ पारिश्रमिक/सुविधा पाउने गरेका छन्।
मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक अर्कालाई अबिर दलेर होली पर्व शुरू भएको जनाउ दिएका हुन्।
नुवाकोटको विदुरमा अवस्थित करिब चौध सय वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको प्रसिद्ध विहार स्वयम्भू/चैत्यको अध्ययन थालिएको छ।
पाल्पा, गुल्मी र अर्घाखाँचीमा आयोजित एघारौँ लोकवार्ता सम्मेलन सम्पन्न भएको छ।