जात्राको अन्तिम दिन पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ २०० फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान तान्ने प्रचलन छ।
सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको नाटक ‘डेथ अफ अ सेल्समेन’लाई अनुप बरालले समसामयिक बनाएर प्रस्तुत गरेका छन्।
सूर्य ओडार बुद्धसँग जोडिएपछि चर्चामा आएको छ। फागुनमा यहाँ ४० भिक्षुसहित दर्जनौँको संख्यामा बौद्ध अनुयायी आएर ध्यान गरेका थिए।
नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यथार्थ चित्रण कथाहरूमा समावेश गरिएको लेखक खगेन्द्र संग्रौलाले बताएका छन्।
नुवाकोट– पृथ्वीनारायण शाहले एकीकरण अभियान प्रारम्भ गरेको ठाउँ, नौ वटा कोटहरू मिलेर बनेको सामरिक महत्त्वको भूभाग, जहाँ एघारौँ शताब्दीमा तिब्बती योगी मिलारेपाले ठूलो धर्मसभा सम्पन्न गराएका थिए।
पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ। विश्व सम्पदा सूचिमा सूचिकृत मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्य हो।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरदमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्तमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाउने चलन छ।
विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाको सहभागिता रहने छ।
घोडेजात्रा विशेषगरी काठमाडौँ उपत्यकामा मनाउने चलन छ। यसका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दैछ।
कोरोनाका कारण पर्यटकीय गतिविधि घटेको लुम्बिनीमा अहिले उल्लेख्य रूपमा पर्यटकहरू आउने गरेका छन्।
विराटनगर महानगर र भारतको क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा आयोजित महोत्सवमा नेपाल र भारतका साहित्यकारहरूको उपस्थिति थियो।
कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा २३५ मतसहित मोहन निरौला निर्वाचिन भएका छन्। निकटतम प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन्।
नाटक भइरहेका वा नभएका कुनै पनि थिएटरले, आफ्नै आम्दानीबाट कलाकार र कर्मचारीको खर्च धान्न सकेका छैनन्। यस्ता अनेकौँ बाधाहरू पन्छाउँदै आ-आफ्नो सपनाको गोरेटो निर्माणमा थिएटर र रंगकर्मी तल्लीन छन्।
कलाकार जोडी इशान परियार र सविता डंगोलले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन्। ‘मिल्दो विचार भाव’मा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन्।
२०७२ सालमा क्षतिग्रस्त बनेको राष्ट्रिय कला संग्रहालय भक्तपुर नगरपालिकाले मल्लकालीन शैलीमा बनाउन चाहेको छ। तर राणाकालीन खण्ड त्यही शैलीमा बनाउनु पर्ने पुरातत्त्व विभागको अडानले पुनर्निर्माण रोकिएको छ।
चैत ३ गते टेकुको पचली भैरव मन्दिर र ४ गते असन क्षेत्रमा आयोजना हुने मेलामा ६ वटा देशका १३६ जनाभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन्।
प्राणी हत्या नगरी पनि धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकास हुँदै गएकाले बलिप्रथा हराउँदै गएको हो। बलिको सट्टा नरिवल फुटाएर पूजा गर्ने,फलफूल चढाउने र लाखबत्ती बाल्ने चलन बढेको छ।
मिसेल योले प्रतिष्ठित एकेडेमी अवार्ड, अस्करको ९५ औँ संस्करणमा सर्वोत्कृष्ट नायिका अवार्ड जितेकी हुन्।
पूजाआजा, पास्नी, छैँठी, न्वारन र दशैँ–तिहारजस्ता पर्वमा नाचिने मारुनी नृत्य पाका मान्छेहरूले संरक्षण तथा प्रवर्द्धन गर्दै आएका छन्।
सुदूरपश्चिमका राना थारू समुदायले खखडेहरा पर्व धुमधामका साथ मनाउने गर्छन्। एक महिनासम्म मनाइने 'होरी' समापनका दिन यो पर्व मनाउने चलन छ।