AnonymousUser

Logout

‘ब्याल्क बक्स’भित्रबाट पवित्राले पहिल्याएको उज्यालो

‘भूमि’ पात्रको भूमिका निर्वाह गर्दा पवित्रा खड्काले नागरिक र अनागरिकबीचको भिन्नतालाई गहिरो रूपमा महसुस गरिन्। यो भूमिकाले उनलाई आफ्नै कतिपय पूर्वाग्रहहरूलाई हटाउन समेत सहयोग गर्‍यो।

रुमाल होइन, दुःखको थैली हो उरमाल

उरमालभित्र दलबहादुर भन्छ, ‘लेफ्टिस्ट र राइटिस्टसँग नडराउनोस्, उनीहरू जहिल्यै आफ्नै बाटो हिँड्छन्। बीचमा बसेर लेफ्टराइट गर्नेसँग डराउनुहोस्, किनकि उनीहरू अक्सर अवसर हेरेर आफ्नो बाटो छान्नेहरू हुन्।’

नेपालगन्जमा बकर इदको रौनक

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ।

वन मुद्दाको फैसला

आयोगका सदस्यले विधि विधानसहित पुराना नजिर हेरे। सबैभन्दा माथि रहने नै राजा हुन्छ भन्ने तथ्य महसुस गरे र सालको रूखमा चढेर निकै माथिसम्म पुगेर लहराउन सक्ने भोर्लोको लहरो नै राजा हुने घोषणा गरिदिए। 

‘लाहुरे दाइको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार 

गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले स्थापना गरेको २ लाख रुपैयाँ राशिको पुरस्कार विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ।

‘कमला भासिन अवार्ड २०२५’ नेपालमा आयोजना गरिने

अवार्डको राशि १ लाख भारतीय रुपैयाँ रहेको छ। अवार्डका लागि आगामी असार १६ गतेसम्म आवेदन दिन सकिनेछ।

इमन बट्लरको ‘आर्थिक असमानता: एक परिचय’ प्रकाशित 

आम्दानीमा असमानताले आर्थिक विकासलाई कसरी प्रभावित पार्छ र आर्थिक विकासले कसरी समानतालाई उँभो लैजान्छ भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ। 

अन्नपूर्ण आधार शिविरमा गुन्जियो ‘फ्रान्सेली संगीत’

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगका छोरा माथिएस हर्जोग नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले प्रस्तुति दिएको हो।

ऊ एउटा इतिहास कोर्न व्यस्त छ

विदेशतिर यस्तो विविधताले भरिएको सृजना र स्रष्टा भए पनि नेपाली सांगीतिक क्षेत्रमा भने यो विरलै कुरा हो, कमै स्रष्टामा यस्तो विविधता लागू हुन्छ।

‘लस्ट एन्ड फाउन्ड’ युरोपका शहरमा मञ्चन हुने

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘लस्ट एन्ड फाउन्ड’ युरोपका शहरमा पनि मञ्चन हुने भएको छ।

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा बिदा

भोटो जात्रा शुरू भएको यकिन मिति पत्ता लागेको छैन। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै शुरू भएको किंवदन्ती छ।

इतिहासको छेउकुनामा क्यानभासको हरिप्रसाद–रङ

नेवारी कला, संस्कृति र सभ्यता भनेको ‘नोस्टाल्जिया’ हो, सनातनी ब्राह्मण खेमाका कलाकार हरिप्रसाद शर्माका लागि। पहिचान र गौरवगाथामा नेवारजत्तिको सम्पन्न दुनियाँमै शायद कोही होला भन्छन् उनी।

ललितपुर महानगरको ‘प्राइड प्रोजेक्ट’ले खतरामा राजकुलोको अस्तित्व

गोदावरीको टीकाभैरव राजकुलोबाट लगनखेलको सप्तपाताल पोखरीमा पानी झार्ने योजना ललितपुर महानगरको ‘प्राइड प्रोजेक्ट’ हो। महानगर सप्तपाताल पोखरीमा केन्द्रित हुँदा राजकुलोको अस्तित्व नै खतरामा परेको छ।

गुडन कर्विन्सलाई पछ्याउँदै बर्दिबासमा ढुंगे हतियारको खोजी

बर्दिबास–१२ को भेडियारीटोलमा राजा विजय सिंहको दरबारको अवशेष भेटिएका छन्। राजा सिंहले सिम्रौनगढका राजाका प्रतिनिधिका रूपमा यहाँको राजकाज चलाउने गरेको इतिहास छ।

‘अक्षत अन्टार्कटिका’ लाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान

लेखक जीवा लामिछानेले अन्टार्कटिकाको यात्रा संस्मरणलाई आधार मानेर तयार गरेको पुस्तक ‘अक्षत अन्टार्कटिका’लाई वर्ष २०८१ को ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिएको छ।

ब्रिटिश अर्थशास्त्री बट्लरको ‘व्यापार तथा भूमण्डलीकरण’ नेपालीमा प्रकाशित

अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त, अर्थशास्त्र र राजनीतिबारे जानकारी दिने ब्रिटिस अर्थशास्त्री इमन बट्लरको पुस्तक ‘व्यापार तथा भूमण्डलीकरण’ नेपाली भाषामा अनुवाद भई प्रकाशित भएको छ।

लोमान्थाङमा ‘तिजी’ पर्वको रौनक

तिजी पर्वमा उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस लोमान्थाङमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने प्रचलन रहेको छ।

फिल्म भएको एउटा कथा: जार

बाघको हिंस्रकपनसँगै रहरलाग्दो प्रेम छ जारमा। प्रेम रहरलाग्दो हुन्छ र उत्तिकै डरलाग्दो पनि। आफैले पाता काटिदिएर ठूली रुद्रमानलाई सोध्छे, “घाउ कस्तो छ?” प्रश्नले यस्तो लाग्छ– घाउ माया हो। माया घाउ हो।

घाटु नाच संरक्षण गर्दै पाल्पाका मगर समुदाय

पाल्पाको निस्दी र पूर्वखोलाका मगर बस्तीमा घाटु नाच नाच्ने परम्परा छ। हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा घाटु नाचिन्छ।

दारासिङ: भएकै एउटा कथा 

जसको ३४ वर्षकै उमेरमा राज्य षडयन्त्रको बलबुतामा हत्या गरिएको थियो, त्यो व्यक्ति एउटा ‘ग्याङस्टार’ मात्रै थियो? पञ्चायती शासनविरुद्ध लागेको कारण उसविरुद्ध डरलाग्दो र घृणित उपमा जोडिएको थियो— दारासिङ!