फरक भूगोल र पृष्ठभूमि भए पनि, १४औँ युरोपेली संघ चलचित्र महोत्सवमा प्रदर्शन भइरहेका युरोप र एशियाली फिल्महरूले मानवीय संवेदनशीलताका साझा कथालाई प्रतिबिम्बित गरेका छन्।
भारतमा पछिल्लो समय क्षेत्रीय (रिजनल) चलचित्रको 'क्रेज' बढेको छ। कोभिडपछि विभिन्न ओटीटी माध्यममार्फत 'एक्स्पोज' पाएसँगै नेपाली सिनेमा हलमा पनि यस्ता चलचित्रले स्थान पाउने र दर्शक तान्ने गरेका छन्।
६ दशकभन्दा लामो सिनेमा यात्रामा कीर्तिमानी व्यावसायिक सफलता प्राप्त गर्ने एकातिर छन् भने, अर्कोतिर कथनशैलीको सुन्दरता, नयाँ प्रयोग र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान स्थापित गर्ने सिनेमा छन्।
व्यापारको तथ्यांक हेर्दा अघिल्लो दशैँको तुलनामा यसपटक प्रदर्शन भएका तीन वटै चलचित्रको व्यापार उत्साहजनक हुन सकेको छैन।
‘च्याब्रुङ खुशीको कथा भन्ने स्वर हो। च्याब्रुङ जातीय चेतनाको झंकार मात्रै होइन, हुँकार पनि हो।’
सत्यमोहन जोशीसँग संयुक्त श्रेष्ठको संयोगको भेटले जन्मिएको एनिमेटेड फिल्म हो जय लाखे। संयुक्तलाई फिल्म बनाउनै आठ वर्ष लाग्यो, उनै सत्यमोहनलाई फिल्म देखाउने धोको भने पूरा भएन।
गायिका झुमा लिम्बूका अनुसार यस अभियानको मुख्य लक्ष्य अल्पसंख्यक समुदायहरूमा पुगेर लोपोन्मुख गीत, संगीत र वाद्यवादनको संरक्षण र प्रवर्द्धन गर्नु हो।
राष्ट्रियसभामा दर्ता भएको चलचित्र विधेयक २०८१ ले निरंकुशताको धङधङी बोकेको भन्दै चलचित्रकर्मी र सरोकारवालाले विधेयकका प्रावधान हिजोभन्दा पनि अनुदार रहेको बताएका छन्।
दर्शकलाई शुरूमा लाग्छ कि आफ्नो बिरामी बच्चालाई उपचार र खानाको यथेष्ट बन्दोबस्त गर्न आमाले गरेको संघर्ष नै सिनेमाको कथा हो। तर अन्त्यमा रहस्योद्घाटन हुँदा बच्चाको मृत्यु भएको महिनौँ भइसकेको हुन्छ।
बाघको हिंस्रकपनसँगै रहरलाग्दो प्रेम छ जारमा। प्रेम रहरलाग्दो हुन्छ र उत्तिकै डरलाग्दो पनि। आफैले पाता काटिदिएर ठूली रुद्रमानलाई सोध्छे, “घाउ कस्तो छ?” प्रश्नले यस्तो लाग्छ– घाउ माया हो। माया घाउ हो।
निर्देशक/पटकथा लेखकको अन्तिम दृश्य भने इन्द्रबहादुर राईले कोरेकोभन्दा फरक र सापेक्षित लाग्यो। आफ्नो जार र स्वास्नीले फरक संसार बसाउन हिँडेको दृश्य देखाइदिने सोचको निम्ति निर्देशक फुर्बालाई सलाम छ।
कथामा सीमाको महत्त्व हुन्छ। अहिलेको युगमा सीमाका अतिरञ्जक र जटिल अनि कठोर स्वरूपहरू जन्मिएका छन्। नेपालबाट मुगलान पस्ने नेपालीका कथाको स्पन्दन हो जार कथा।
चलचित्र विधेयकमा समेटिएका कतिपय प्रावधानले सिर्जनाशीलतामा अंकुश लगाउन सक्ने भन्दै फिल्मकर्मीले संशोधनका लागि प्रस्ताव पेश गरेका छन्।
मनोरम हिमाली शृंखला, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको छ।
दुई महिनामै नेझा–२ एनिमेसनतर्फ विश्वभर सबैभन्दा धेरै कमाउने फिल्म भएको छ। यसअघि, अमेरिकी कम्पनी पिक्सारको ‘इन्साइट आउट–२’ सबैभन्दा बढी कमाउने एनिसमेन फिल्म थियो। यसको कुल कमाइ १ अरब डलर थियो।
२०८१ सालमा प्रदर्शन भएका पूर्णबहादुरको सारंगी, १२ गाउँ, छक्कापञ्जा–५ र बोक्सीको घर चलचित्रले घरेलु बजारमा १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्।
फिल्ममाथि हुने सेन्सरसिपले विचार अभिव्यक्तिको स्वतन्त्रता हनन भइरहेको फिल्मकर्मी बताउँछन्। कथामा लेख्न छुट दिइने दृश्य फिल्ममा राख्न रोक लगाएर कलालाई नै भुत्ते बनाइएको उनीहरूको भनाइ छ।
विश्व सिनेमाबारेको मन्थन मात्र हैन, फिल्म डिस्ट्रिब्युटर र हलवालाले नपत्याएका, ओझेलमा परेका तथा फरकधारका सिनेमाको प्रवर्द्धनसमेत गरिरहेको छ ‘मुभी लभर्स’ले।
निर्देशक विनोद पौडेलले ‘ह्यापी–इन्डेक्स’भित्र ‘घर हराएको मान्छे’का श्वासप्रश्वासलाई यसरी ‘फिल’ गर्न पाएका रहेछन्, जहाँबाट उनको कथानकको निचोड निस्किन्छ, ‘एकपल्ट म घर नफर्की मर्न मिल्दैन।’
चलचित्रमा नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलता देखाइएको छ।