AnonymousUser

Logout

बादलमा चाँदीको घेरा ‘महाजात्रा’

पर्दामा अकारण संवाद/घटना देखाइनु हुँदैन भन्ने मान्यतामा खरो उत्रिन कथामा महत्त्वपूर्ण कडी हुने पात्र र संवादलाई पहिलेदेखि नै विकसित गर्दै लगिएको छ। यसले कथा प्रस्तुतिलाई फितलो बन्न दिएको छैन।

‘फेस्टिभलमा प्रदर्शित फिल्म ओटीटीमा चलायमान बनाउनु दीर्घकालीन ग्लोबल होमवोर्क हो’

कर्मसियल रूपमा सफल फिल्म आर्टिस्टिक हुनसक्छ तर आर्टिस्टिक रूपमा सफल चलचित्र सधैँ कर्मसियल रूपमा सफल हुन्छन् भन्ने छैन। 

ओपनहाइमरलाई सर्वाधिक ७ विधामा ओस्कार, अरु कसले कुन विधामा जिते अवार्ड (तस्वीरसहित)

अमेरिकाको लस एन्जल्स शहरमा आयोजित ९६ औँ संस्करणको यस वर्षको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ।

बाल मनोविज्ञानमा आधारित ‘किबोर्ड’को विशेष प्रदर्शनी

बाबाआमा बीचको सम्बन्ध विच्छेदले बालबालिकामा पार्ने प्रभावलाई बालचलचित्रका माध्यमबाट उजागर गर्ने प्रयास गरेको फिल्मका लेखक विजयराज आचार्य बताउँछन्।

निफको सातौँ संस्करण चैतमा, ४० देशका ८८ फिल्म देखाइने

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनीसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन हुने आयोजकको भनाइ छ। 

‘तल्लो बाटो’को सकस दर्शाउने ‘डंकी’

नेपालमा अमेरिका पुग्ने अवैध बाटोलाई ‘तल्लो बाटो’ भनिएझैँ भारतमा 'डंकी रुट'ले चर्चित छ। फिल्मले यो रुटको यात्राका कठिनाइ, देशहरूका सीमा पार गर्दाका सकस तथा निश्चित देशमा पुगेपछिको व्यवहार उजागर गर्छ।

टुवेल्थ फेल रिस्टार्टः हार्न नजान्नेहरूको कथा

भर्खरै एनिमल, जवान, पठान, गदर–२ लगायत लडाइँ, मारकाट र बदलाको भावना भरिएका फिल्मबाट अमन भएका दर्शक केही यस्ता फिल्मको पर्खाइमा थिए, जसमा जीवनका वास्तविकता जोडियोस्।

नाबालिग बलात्कारी बाबाविरुद्धको मुद्दा जिताउने ‘बन्दा’

प्रतिवादी पक्षका वकिल बालिकालाई बालिग भएको प्रमाणित गर्ने प्रयासमा लाग्छन्। उनीहरूले स्कुल भर्ना हुँदाको कागजात पेश गर्छन्। तर वादी पक्षका वकिल सोलंकीले ६ वर्ष मुद्दा लडेर बाबालाई जेल पठाएरै छाड्छन्।

ओस्कार विजेता चलचित्र 'प्यारासाइट'का अभिनेता लि सन आफ्नै कारभित्र मृत भेटिए

उनले आत्महत्या गरेका हुन् या मृत्युको अरु नै कारण हो भन्नेबारे अझै पुष्टि नभएको प्रहरीले जनाएको छ।

किलर्स अफ द फ्लावर मुनः आदिवासी जो धनी भएकै कारण मारिए

ओक्लाहोमामा एक्कासि जमिनमुनिबाट तेल निस्कन्छ, अनि ओसेज आदिवासीको जीवनमा कायापलट हुन्छ। आलिसान बंगला, गाडी, नोकरचाकरलगायतले भरिपूर्ण हुन्छन्। यहीँबाट उनीहरूको मृत्युको श्रृंखला पनि शुरू हुन्छ।

द रेलवे म्यान: भोपाल ग्यास काण्डका नायकहरू

फ्याक्ट्रीबाट चुहिएको ग्यासबाट बिरामी परेका यात्रु र गाउँलेहरूको ज्यान बचाउन सिद्दीकीसहितका 'रेलवे म्यान'हरूले गरेको संघर्षलाई पर्दामा उतारिएको छ, द रेलवे म्यान– द अनटोल्ड स्टोरी अफ भोपाल १९८४ नाममा।

‘नो विन्टर होलिडेज’ उत्कृष्ट फिचर डकुमेन्ट्री

‘नो विन्टर होलिडेज’मा एउटै पुरुषसँग विवाह भएर श्रीमान् दिवंगत भएपछिका दुई एकल वृद्ध महिलाको कथा समेटिएको छ।

एनिमलः चर्को आलोचनासँगै उच्च आम्दानी 

स्त्रीद्वेषी मानिएका निर्देशक वांगाले एक अन्तर्वार्तामा भनेका थिए– ‘मानिसहरू कबिर सिंहलाई हिंसात्मक सिनेमा भन्दैछन्। योभन्दा हिंसात्मक सिनेमा कस्तो हुन्छ म देखाउँछु।’ उनले एनिमल बनाएर देखाइदिएका छन्।

‘मानवअधिकार प्रवर्द्धनमा चलचित्र सबैभन्दा प्रभावकारी माध्यम’

निर्माताहरूसँग सहकार्य गरेर चलचित्रका माध्यमबाट मानवअधिकारको प्रवर्द्धन गर्ने योजनाअनुसार मानवअधिकार आयोग अगाडि बढेको अध्यक्ष तपबहादुर मगरको भनाइ छ।

युद्ध सन्देश पुर्‍याउने दृष्टिविहीन किशोरी

दृष्टिविहीन पात्रको भूमिकामा देखिएका दुवै कलाकार नेल सटन र अरिया मिया लोबर्टी वास्तवमै दृष्टिविहीन तथा कम दृष्टिका कलाकार हुन्। दृष्टिविहीन पात्रलाई प्रमुख भूमिकामा देखाउने यो पहिलो ठूलो प्रोजेक्ट हो।

किन दोहोरिइरहन्छ फिल्म निर्माता र हलवालाको विवाद?

प्रायः नेपाली फिल्म निर्माताहरूले विदेशी फिल्मको तुलनामा हलमा कम ‘शो’ पाएको र शेयर बाँडफाँट असमान भएको गुनासो गर्छन्। तर हलवालाहरू भने अधिकांश नेपाली फिल्मले दर्शक नै तान्न नसक्ने दाबी गर्छन्।

पास्ट लाइभ्स : केही पाउन के गुमाउँदै छन् आप्रवासी?

मुगलान पसेका युवायुवतीमध्ये कतिका प्रेमीप्रेमिका स्वदेशमा बसेर उनीहरूलाई सम्झिरहेका होलान्। कोरियाली–क्यानडेली चलचित्र 'पास्ट लाइभ्स'ले वर्तमान नेपाली परिवेशको त्यस्तै एउटा पाटोलाई बेसरी छुन्छ। 

६ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे। उनी हालै ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फर्किएका छन्।

राष्ट्रिय चलचित्र दिवस : यस्ता छन् ऐतिहासिक नेपाली चलचित्र

आमा, कुमारी, युगदेखि युगसम्म आदि चलचित्रलाई नेपालमा ऐतिहासिक चलचित्रका रूपमा लिइन्छ।

'बोइकट बलिउड'को उल्झनपछि मार्केट रिलोडेड!

सन् २०१२ मा अक्षय कुमार र परेश रावलको ‘ओ माई गड’ रिलिज भएपछि 'बोइकट बलिउड'को झिल्को सल्केको थियो। त्यसपछि धार्मिक र राष्ट्रियताको मुद्दा उठाएर खास फिल्मको विरोधमा बहिष्कारको अभियान छेड्ने गरिएको छ।