मुगुमा डोजरले खसालेको ढुंगा लागेर ६ वर्षीय बालक लोकजंग नेपालीको घटनास्थलमै मृत्यु भएको हो। आमा कल्पना नेपाली गम्भीर घाइते भएकी स्थानीयले बताएका छन्।
यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन्।
कालीगण्डकी गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तर्गत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत हस्तकलाका सामग्री बनाउँदै आएको हो।
कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सिरहाकी किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।
क्यामरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताको भनाइ छ।
सांसदले पाथीभरा क्षेत्रमा जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि तत्काल निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताएका छन्।
अर्थ समितिको बैठकमा सांसदहरूले यूएसएडमार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन्।
बालमन्दिर जग्गा प्रकरणमा मुद्दा नचल्ने रायसहित जिल्ला सरकारी वकिलले निर्णयका लागि पठाएको प्रतिवेदन महान्यायाधिवक्ताले ‘थप अनुसन्धान गर्न’ निर्देशनसहित जिल्लामै फिर्ता पठाएका छन्।
विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो। एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।
प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरले समयमा पानी नपर्दा तुवाँलो र धुलोको कणले विमानस्थल आसपासका क्षेत्र ढाकेपछि समय–समयमा हवाई उडान अवरुद्ध भइरहेको तुम्लिङटार विमानस्थलले जनाएको छ।
प्रयागराजमा जारी महाकुम्भ मेलाबाट घर फर्किँदै गर्दा सवारी दुर्घटनामा चार जना नेपाली तीर्थयात्रीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
परराष्ट्रमन्त्री राणाले मुख्यमन्त्रीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छन्।
भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकडभिट्टा नाका हुँदै नेपाल फर्किएका छन्।
बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाँदा समस्या भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए।
पुराना र जीर्ण जस्तापाताको छानो भएका भवनमा पठनपाठन गर्न समस्या हुने गरेको छ। जस्तापातामा खिया लागेर प्वालै प्वाल परेका छन्। वर्षातका बेला भवन चुहिएर बस्न नमिल्ने हुन्छ।
हाटबजार भवनको भौतिक पूर्वाधार निर्माण सकिएको चार वर्षभन्दा बढी भएको छ। तर नगरपालिकाले भाडामा लगाउन सकेको छैन।
केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीले मृतक प्रकृति लम्सालको न्याय र त्यहाँ अध्ययनरत विद्यार्थीले सहजतासाथ अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न नेपाल सरकारसँग माग गरेका छन्।