AnonymousUser

Logout

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

केआईआईटीमा नेपाली विद्यार्थीको मृत्यु: कहाँ पुग्यो अनुसन्धान?

ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न असहज परिस्थिति सामान्य बने पनि त्यहाँका नेपाली विद्यार्थी अझै ढुक्क छैनन्। के भइरहेछ यो घटनाको अनुसन्धान?

लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

बिजुलीको तार सर्ट भई आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

३ वर्षदेखि धुलिखेल–खावा सडकखण्डमा यात्रा गर्न सास्ती

धुलिखेल–खावा खण्डमा समयसीमाको ११ महिना नाघिसक्दा पनि निर्माण कम्पनीबाट सम्झौताअनुसार काम नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का रद्द गरेको छ।

हिउँ पन्छाएर ३ दिनपछि सञ्चालनमा आयो नाग्म-गमगढी सडक

जमेको हिउँ र पहिरो पन्छाएर नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा ल्याइएको छ।

यूएसएआईडीको कार्यक्रम रोकिँदा गैँडा गणना अन्योलमा

सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार यूएसएआईडीको जल जंगल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो।

हिमपातका कारण नाग्म-गमगढी सडक तीन दिनदेखि अवरुद्ध

सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेनाले सडकको अवरोध हटाउन काम गरिरहेका छन्। मुगुमा बिहीबारदेखि हिमपात भएको थियो।

शुक्लाफाँटाका जंगली जनावर प्रभावित क्षेत्रमा तारजाली

शुक्लाफाँटा नगरपालिका– १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार ९०० मिटर र वडा नं ८ वडा कार्यालयबाट दक्षिणतर्फ दुई हजार ९०० मिटर तारजाली जडान हुनेछ।

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलामको सन्दकपुरमा नेपालतर्फ विद्यालय नजिक नहुँदा सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको हो। महँगो शुल्कमा बालबालिकालाई पढाउन  बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन्।

बैतडीमा लेनदेनको विषयमा विवाद, गोली लागेर १ जनाको मृत्यु

गोली लागेर गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय सुरेन्द्र विष्टको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

हावाहुरीसहितको असिनापानीले खेती नष्ट गरेपछि किसान चिन्तित

यसअघि असोजमा कोशीमा आएको बाढीले कृषकको मिहिनेत बगाएको थियो भने अहिलेको हावाहुरी र असिनापानीले गहुँ, मकै र केराखेती नष्ट पारेको छ।

उत्तराखण्डको हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, ८ कामदारको खोजी जारी

स्थानीय प्रहरीले हिमपहिरोमा फसेका ४७ जनालाई निकालिएको र बाँकी आठ जनाको खोजी जारी रहेको जनाएको छ।

काठमाडौँ प्रहरीले शुरू गर्‍यो लागु औषधविरुद्धको महाअभियान

कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको बताएका छन्।

म्याग्दीको सामाजिक विकास कार्यालय ३ महिनादेखि प्रमुखविहीन, योजना अलपत्र

११ वटा योजनाको सम्झौता र बाँकी सबै योजनाको सर्वेक्षण तथा लागत अनुमान तयार पारे पनि आर्थिक वर्षको सात महिनासम्म वित्तीय प्रगति न्यून छ। 

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायत ठाउँमा भारी हिमपात भएको छ। ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङमा रोकिएका छन्।

काठमाडौँ उपत्यकासहितका स्थानमा वर्षा, कुन ठाउँमा कति पर्‍यो पानी?

मौसमविद् सरोज पुडासैनीका अनुसार शुक्रबार पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ। शनिबार पनि वर्षाको सम्भावना रहेको तर आइतबारबाट मौसम खुल्दै जाने उनको भनाइ छ।

सिन्धुपाल्चोक भूकम्प : ६ जना घाइते, ५ घरगोठ र १ प्रहरी कार्यालयमा क्षति

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पले सात जिल्लामा असर पुर्‍याएको छ भने ६ जना घाइते भएका छन्।

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ

शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पर्यटक होटलमा आश्रय लिएर बसेका छन्।

‘आर्टिकल १५’ को झल्को दिने सिरहाको ‘सामूहिक बलात्कार’ घटना

सिरहाको नवराजपुरकी रिंकु माघ ३० गते घरैमा मृत भेटिइन्। त्यसको तीन दिनअघि साँझ ९ बजे शौच गर्न निस्किएकी उनी बिहान ३ बजे मात्र घर फर्किएर आफूमाथि सामूहिक बलात्कार भएको आमालाई बताएकी थिइन्।

सिन्धुपाल्चोक भूकम्प : भाग्दै गर्दा काठमाडौँमा २ जना घाइते

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पका बेला भाग्दै गर्दा काठमाडौँमा दुई जना घाइते भएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।