AnonymousUser

Logout

ठेकेदारको लापरबाहीले रामेछापको कोलन्जोर घाट पुल अलपत्र   

सम्झौताअनुसार २०७७ सालमै सम्पन्न हुनुपर्ने पुलको म्याद २०८१ साल चैत २० गतेसम्म थपिएको छ। हालसम्म ठेकेदारले बाँकी काम शुरू नै गरेका छैनन्।

पहिरोको पूर्वानुमान गर्ने विधिहरू विकास गर्न सकिने

वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो।

सिरहाको ‘सामूहिक बलात्कार’ घटनाका मुख्य आरोपी रूपेश मण्डल पक्राउ

सिरहाको नवराजपुरकी १७ वर्षीया रिंकु सदा माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

पर्वतमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पाल्पा लगिएको छ।

अमेरिकाबाट डिपोर्ट भएका आठ नेपाली सोधपुछका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा  

चार्टर्ड विमान न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा केही यात्रुहरूलाई झारेर नेपाल आइपुगेको हो। 

चितवनमा वन्यजन्तुको आक्रमणबाट ६ महिनामा १० जनाको मृत्यु

निकुञ्जले मृतकका परिवारलाई १० लाख र घाइतेको उपचारका लागि २ लाख रुपैयाँसम्म सरकारी अस्पतालमा गरेको उपचार खर्च बेहोर्ने गरेको छ।

पाल्पाका २ सामुदायिक वनमा डढेलो

रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ।

बोरिङ गर्दा ग्यास निस्किएपछि पानीको समस्या झेलिरहेका टीकाथलीवासी अप्ठ्यारोमा 

खानेपानीको अभाव रहेको टीकाथली क्षेत्रमा बोरिङमार्फत पानी निकाल्न खोज्दा ग्यास निस्किएर थप जटिलता थपिएकाले जिम्मेवार निकायको ध्यान जान आवश्यक रहेको स्थानीयको भनाइ छ।

ललिता निवास प्रकरण : विशेष अदालतको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। 

बुधबार संसद्‍मा अध्यादेश प्रस्तुत गर्दै सरकार, अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेस–एमालेको ‘ह्विप’

सरकारले ल्याएका अध्यादेश बुधबार बस्ने प्रतितिनिसभाको बैठकबाट पारित गराउन सत्तारुढ दल कांग्रेस र एमालेले आ–आफ्ना सांसदलाई अनिवार्य उपस्थितका लागि ‘ह्विप’ जारी गरेका छन्।

चैत तेस्रो सातादेखि पोखरा–ल्हासा नियमित उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको छ।

आगामी बर्खायाममा पनि नियमित सञ्चालन गर्ने गरी मर्मत गरिँदै बीपी राजमार्ग

डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

थापाथलीमा खानेपानीको पाइप फुट्दा सडकमा बग्यो ५ लाख लिटर पानी

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो।

नक्सालमा बल्झिएको ‘हेरिटेज वाक वे’ विवादः कस्तो बन्दैछ सडक?

काठमाडौँ उपत्यकाभित्रका पुराना बस्तीमध्येको नक्साल भगवतीवहालस्थित सडक लामो समयदेखि अस्तव्यस्त छ। यसपछाडि जोडिन्छ, सडकमा गाडी निषेध गरेर सम्पदा पदमार्ग बनाउन स्थानीयले उठाएको आवाज।   

थापाथलीमा खानेपानीको पाइप फुट्दा सडक अवरुद्ध [तस्वीरहरू]

थापाथली चोकबाट प्रसूतिगृहतर्फ जाने सडकमा मंगलबार बिहान पाइप फुटेर पानी बाहिर निस्किँदा सडकसमेत भत्किएको छ। हिलो र गिट्टी छरिएका छन्।

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु, १ घाइते

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

हिउँ खेल्न रुकुम पूर्वको पातीहाल्नामा आन्तरिक पर्यटकको भिड

पातीहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भीड लाग्ने गर्छ। यस क्षेत्रमा रुकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रुकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन्।

हिमपातपछि बढेको चिसोले विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित

हिमपातपछि बढेको चिसोका कारण ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको छ।

गोरखामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते

मनकामना मन्दिरको दर्शन गरेर फर्किँदै गरेको ‘अनटेस्ट’ विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। 

सरकारको नीति कृषिमा यान्त्रिकीकरण, पालिकाहरूको जोड हलगोरु अनुदानमा 

सरकारले ‘कृषि लगानी दशक’ घोषणा गरेर कृषिमा यान्त्रिकीकरण गर्ने नीति लागू गरेको छ। स्थानीय तहहरूले भने हलगोरुका लागि किसानलाई अनुदान र पुरस्कार दिइरहेका छन्। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।