विशेषतः सन् २०१८ पछि शरणार्थी आयोग, विश्व खाद्य कार्यक्रम, लुथरन जस्ता दातृ निकाय पनि काठमाडौँ केन्द्रित भएपछि शिविरमा बस्ने शरणार्थीलाई गाँस र बासकै कठिनाइ हुँदै आएको छ।
प्रहरीले लागुऔषध मुद्दाका प्रतिवादीलाई काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको छ।
मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका सहायक निरीक्षक (असई) वीरेन्द्र यादवको मृत्यु भएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसदहरूको धारणा छ।
स्थानीय भन्छन्, ‘गाउँमा संरक्षण गर्ने मान्छे छैनन्, युवा जति सबै शहर र विदेशमा छन्, गाउँमा भएका बुढापाकाले काम गर्न सक्दैनन्, त्यसैले प्राचीन सम्पदाहरूको संरक्षण हुन छाडेको छ।’
पाँच वर्षअघि निर्माण थालिएको भवनको दुई तला संरचना बनेपछि महानगरले रोक लगाएको थियो। त्यही दुई तलालाई अन्तिम रूप दिने प्रक्रिया थालेका वडाध्यक्ष भन्छन्, ‘महानगर आफ्नै हो, नक्सापास पछि भइहाल्छ।’
फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन्। १०० घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि जोखिममा छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
प्रशासनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र आसपासका क्षेत्रमा भेला, जुलुस प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न रोक लगाएको छ।
घर–जग्गा कारोबारीको हितमा जग्गा प्लटिङ गर्न खोला नै पुरेको गोदावरी नगरपालिका अन्ततः पछि हटेको छ। तीव्र विरोधपछि फन्टेखोला पुर्न प्रयोग भएका ह्युमपाइप नगरपालिकाकै अग्रसरतामा निकाल्न थालिएको छ।
बालमन्दिर प्रकरणमा मुद्दा नचल्ने रायसहित सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन (फाइल) निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालय पुगे पनि ‘थप अनुसन्धान गर्न’ पुनः सीआईबीलाई नै फिर्ता पठाइएको छ।
रुसी विदेश मन्त्रालयले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती कूटनीतिज्ञलाई दुई हप्ताभित्र रुस छोड्न आदेश दिएको छ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भीरमा अड्किएका सुरक्षाकर्मीसहित आठ जनाको सोमबार सकुशल उद्धार भएको छ।
विसं २०६६ अघि इटहरीका विभिन्न स्थानमा ८४ वटा सार्वजनिक धारा रहेकोमा इटहरी खाने पानी उपभोक्ता संस्थाले खर्च धेरै आएको भन्दै धारा हटाउँदा मजदुर एवं बटुवालाई प्यास मेटाउन मुस्किल हुने गरेको छ।
सम्मेलनमा नेपालसहित भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, जापानलगायत देशका भूगर्भविद् सहभागी भएका छन्।
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
गोकर्णेश्वरस्थित बागमती खोलामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ।
सुर्खेतबाट हुने हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनः नेपालगन्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ।