रामेछापको मन्थलीबाट काँकडभिट्टा गइरहेको रात्रिबस मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको माईधारमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो।
अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन्।
उच्च हिमाली क्षेत्रका पदमार्गमा बुधबारसम्म यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय, मुस्ताङले आग्रह गरेको छ।
‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशमा ५७३ दुईपांग्रे र १३५ चारपांग्रे गरी ७०८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। निजीतर्फ तीन वटा सवारीसाधनमा क्षति पुगेको छ।
मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ।
“धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ”, धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भने, “पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण शुरू भएको छैन।”
महाशाखाले हिमपात र वर्षाले दैनिक जीवनसहित पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पार्ने भएकाले सर्वसाधारण एवं सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
कारागार व्यवस्थापन विभागका अनुसार, ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये करिब पाँच हजार बन्दी अझै फरार छन्।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो।
न्यायाधीश विनोद शर्माको एकल इजलासले आइतबार लिखित जवाफ माग गर्दै कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेशी तोकेको छ।
संगठित रूपमा मानव बेचबिखन तथा ओसारपसार गरी भारत पुर्याएर अवैध रूपमा मिर्गौला झिक्ने कसुरमा संलग्न ६ जना अभियुक्तलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
इसिमोडको अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ। यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ।
आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि ध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड दिएको छ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
कात्तिक १ देखि ८ गतेसम्म २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्यांकर तथा अटो रिक्सालगायत ६ वटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
तीन महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ। यसै अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि आयात भएको छ।
धार्मिक रूपमा पनि ऐतिहासिक महत्त्व बोकेको नदैगुफाबाट अग्ला-अग्ला हिमाल नियाल्न सकिन्छ।
मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको प्राधिकरणले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
इजरायल–हमास युद्धमा हमासद्वारा अपहरणपश्चात् ज्यान गुमाएका विपिन जोशीको सम्झनामा 'विपिन चोक' नामकरण गरिएको छ।