अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। हाल जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म केरा किन्ने ग्राहकको भीड लागेको छ।
मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार एक जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयले आन्दोलनका कार्यक्रमले देशमा अस्थिरता निम्त्याउन खोज्ने ‘स्वार्थ समूह’लाई घुसपैठ गर्ने मौका दिई अशान्ति एवं अराजकता बढाउन सक्ने भन्दै आयोजकलाई सचेत गराएको छ।
असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्ने गरेको छ।
हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
पर्वतको जलजला गाउँपालिका–२ ओखरबोटका लालबहादुरले आफ्नो १००औँ जन्मदिन आँगनमै जनप्रतिनिधहरू र छिमेकीसँग मनाए। त्यस क्रममा उनले जीवन भोगाइका अनुभव पनि सुनाए।
जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको कारण मर्मत गर्नुपर्ने भन्दै हायात रेजेन्सीले होटल बन्दको घोषणा गरेको छ। त्यहाँ कार्यरत मजदुरलाई पनि काममा नआउन भनिएको छ।
बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।
सुशासन र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनपछि नयाँ सरकारले आकार लिइरहेको बेला नेवानिका कार्यकारी अध्यक्ष भने 'अशुली धन्दा' चलाइरहेका थिए। अवकाशको समय आए पनि अझै उनी कार्यकाल लम्ब्याउने कसरतमा छन्।
कैलालीको कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ। कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ।
मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले ती व्यक्तिको साथबाट नगद चार लाखसहित पेस्तोल बरामद गरेको हो।
मायादेवी गाउँपालिका-१ स्थित गाउँमै मंगलबार भएको दुर्गलक्ष्मी पूजाको मूर्ति विसर्जनमा गएका दुई बालकसहित ३ जनाको बुधबार मृत्यु भएपछि ठूलो दुवियाटोलमा अहिले शोक छाएको छ।
यस वर्ष तिथि वृद्धि भई छैटौं दिनमा भाइटीका परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहे पनि आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।
नेपाली शान्ति सैनिक हाल विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा स्थापना गरिएका १० वटा मिसनमा तैनाथ छन्।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाटदेखि मौवाफाँट जोड्ने यो सडकको विसं २०७० मा ट्र्याक खुलेको थियो।
पश्चिमी वायुको प्रभावले बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही पहाडी भूभागमा वर्षाको सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहनेछ।
ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।
किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन्।
हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टि गरियो।