AnonymousUser

Logout

काठमाडौँसहितका स्थानमा सामान्य वर्षा, बुधबारदेखि मौसम खुल्ने

मौसमविद्ले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न भएकाले सतर्कता अपनाउन अनुरोध गरेका छन्।

वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ७ वर्षपछि छुट्याउने सहमति

कानून, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ।

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

निगमसँग आन्तरिक उडानमा दुई थान ट्विनअटर विमान छन्। तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउन्डेड छ भने अर्को पनि हालै ग्राउन्डेड भएको छ।

श्रीलंकामा विद्युतीय धरापमा परेर मरे ५० जंगली हात्ती

सीईबीले मानवीय गतिविधिका कारण देशको जैविक विविधताको प्रतीक जंगली हात्ती लोप हुने खतरा बढ्दै गएको बताएको छ।

म्यानमारको मेवाडीबाट ५ नेपालीको उद्धार

बैंककस्थित नेपाली राजदूतावासका अनुसार चार पुरुष र एक महिलालाई म्यानमारको मेवाडीबाट उद्धार गरी नेपाल फर्काइएको हो।

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटना परी घाइते भएका प्रहरी जवान गणेश चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। 

बाढीपहिरोले काभ्रेपलान्चोकका ३३०० निजी आवासमा क्षति,

काभ्रेपलान्चोकका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन्।

बालकोट प्रकरण : बुबा र भाइको हत्या गरेको रूपेशले स्वीकारे

बुबा र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको रूपेशले स्वीकार गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए।

सिरहामा गहुँखेतीका लागि रासायनिक मल अभाव

सिरहाका १७ वटै पालिकाका अधिकांश किसानले मल पाउन सकेका छैनन्। कतिपयले मल अभावका कारण गहुँ छर्न पाएका छैनन्। कतिपयले उम्रिएको गहुँमा मल छर्न सहकारी तथा अन्यत्र भौँतारिरहेका भेटिन्छन्।

तनहुँमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

दुर्घटनामा ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको छ।

थाइल्यान्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह

मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ। 

हेटौँडामा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना घाइते

हेटौँडा उपमहानगर–१ तिरतिरे धारास्थित सडकमा सोमबार साँझ भारतीय नम्बर प्लेटको कारले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

सहकारी ठगी प्रकरण : छविको बयान लिइयो, रविलगायतको मंगलबारदेखि

सोमबार छविलाल जोशीको मात्र बयान लिइएको, मंगलबार रवि लामिछानेसहित अन्य प्रतिवादीको बयान हुने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीको भनाइ छ।

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बांग्लादेशको कूटनीतिक नोट

बांग्लादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक रूपमा अनुरोध गरेको छ।

रवि लामिछानेको सांसद पद निलम्बन

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरेर रवि लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी गराएका छन्।

डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी

रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।

सहकारी ठगी आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष पक्राउ

सहकारी ठगीको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्षलाई पक्राउ गरेको छ।

हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासँगै मृत फेला

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परेका छन्।

एनपीएलको फाइनलमा अभद्र व्यवहार गर्ने २ जना पक्राउ

एनपीएलको फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

१३ वर्षदेखि अलपत्र तमोर नदीस्थित लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण हुँदै

उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि पाँचथर र तेह्रथुमको सदरमुकाम सबैभन्दा छोटो दुरीमा जोडिने छन्।