दाङमा शुक्रबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।
नेपाली सेनाले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई निष्क्रिय पारेको छ।
वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार २१३ जनाको मृत्यु भएको हो।
कर्णाली नदीले टीकापुर नगरपालिका–९ फाँटामा कटान गरिरहेको छ। एक हप्तामा दुई मिटर कटान भएको छ। कटान हुन थालेपछि स्थानीयले जनप्रतिनिधि गुहारेका छन्।
नयाँ भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नुपर्ने बाध्यता छ। प्राविधिक काम बाँकी रहेकाले प्रयोगमा ल्याउन नसकिएको गाउँपालिकाले जनाएको छ।
संसदीय समितिको बैठकमा सांसद एवं विज्ञ सरोकारवालाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयकको मस्यौदा परिष्कृति गर्दै चाँडो टुंगोमा पुर्याइनुपर्ने बताएका छन्।
बिहीबार साँझ काठमाडौँको टोखा नगरपालिका– ६ धापासीस्थित एक घरमा आगलागी भएको छ।
मिटरब्याज समस्या समाधान गर्न सरकारले दुई वर्षमा एउटा कार्यदल र दुई वटा आयोग बनाइसकेको छ। पछिल्लो पटक पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको आयोगको समयावधि नथपेको सरकार तेस्रो आयोग गठनको तयारीमा छ।
एडीबीको अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन शुरू गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।
२०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्रले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगले उनीहरूको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न आग्रह गरेको छ।
सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा पुल नहुँदा बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ।
संयुक्त राष्ट्र संघको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन तथा विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन यो दिवस मनाउँदै आइएको छ।
बझाङमा एक सातामै दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ। यसअघि गत बुधबार पनि बझाङको रायल केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
चालकका सामान्य गल्तीले पनि गम्भीर दुर्घटना भएका धेरै उदाहरण छन्। लामो दूरीमा एक जना मात्र चालक हुँदा, यात्रु र चालकबीच झगडा हुँदा तथा जथाभावी ढोका खोल्दा पनि दुर्घटना भएका छन्।
माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर)मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।
पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ।