संशोधनकर्ताहरूले सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने, राज्यबाट सेवासुविधा लिएको व्यक्तिलाई नयाँ सरकार आउनसाथ सरुवा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।
वीरेन्द्रनगर नगरपालिकाले ऋण लिएर बनाएको कर्णालीकै ‘नमूना’ बसपार्क सञ्चालनको जिम्मा दिइएका ठेकेदारबाट भाडा उठाउन नसकेपछि नगरपालिका अदालत पुगेको छ। तर मुद्दामाथि मुद्दा थपिँदा सुनुवाइमा विलम्ब भएको छ।
काठमाडौँ महानगरले लहरेबत्ती व्यवस्थापन कार्यविधिमा व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।
मार्तडीमा आइतबार दिउँसो स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा सीमित भएको छ भने सात अर्ब ४६ करोड बराबरको शेयर कारोबार भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान ग्यास बुलेट दुर्घटनामा परेको हो।
पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार छन्।
वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्ने भएकाले आवश्यक सतर्कता विभागले अनुरोध गरेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगर प्रमुख गोपाल हमाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ।
जलारी दिदीबहिनी समूहकी अध्यक्ष मिना जलारीले जालमा परेका माछाले जीविका धान्न कठिन हुन थालेको बताइन्। अहिले एक परिवारको भागमा दैनिक दुई केजी माछा पनि मुस्किलले पर्ने उनको भनाइ छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहाराविहीन बालबालिकाको संरक्षणका लागि राज्यले नेपाल बाल संगठनलाई प्रदान गरेको जग्गा ‘कर्पोरेट हाउस’लाई वर्षौंका लागि लिजमा दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको काभ्रेभिर देखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ढुंगाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ।
घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ। गाउँका १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।
अधिकांश अलपत्र पारिएका ठेक्काको चार पटकसम्म म्याद थप गरिएको पाइएको छ। अति जरुरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी सम्पर्कविहीन हुने गरेका छन्।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम छनोट गरेको छ।
बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी छात्राको उपचारका क्रममा मृत्यु भएको छ।
गत वर्षको तुलनामा ३६ अंक माथि उक्लिँदै ८२.१ अंकसहित पोखरा पहिलो स्थानमा परेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ।
मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।