AnonymousUser

Logout

जनशक्ति अभावले बन्द हुँदै घरेलु उद्योग

बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभावले घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढेको पर्यटन तथा उद्योग कार्यालय प्रमुख पारसिंह थापा बताउँछन्।

भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जलजलाबाट हिमाल हेर्दा…

जलजला म्याग्दीस्थित द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्छ। समुद्री सतहबाट तीन हजार ४२० मिटर उचाइमा रहेको यो क्षेत्र अहिले पर्यटकीय गन्तव्य बन्ने क्रममा छ। 

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा, १ जनाको मृत्यु

बुलिङटार गाउँपालिका–२ भाङबारीमा शुक्राबार राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा मृत्यु भएको हो।

जुम्लासहितका जिल्लामा नेपालगन्जमा उत्पादित गँड्यौला मलको माग, ढुवानीमा समस्या

जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गँड्यौलाको मलको माग गरेको तर ढुवानीमा समस्या भएको नेपालगन्जस्थित ‘एभरेस्ट अर्ग्यानिक एग्रोफार्म’का सञ्चालक  वीरबहादुर हमाल बताउँछन्।

डीआईजी बढुवामा सकसपछि ३ दरबन्दी थप्ने तयारी, अर्थको सहमति कुर्दै गृह मन्त्रालय

डीआईजीमा बढुवा हुन तीन ब्याचका प्रहरी अधिकृतहरूको ‘लबिइङ’पछि सरकारले दरबन्दी थप्ने प्रक्रिया थालेको छ। गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएमा डीआईजीको बढुवा प्रक्रिया अघि बढ्ने छ।

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ दिन ट्रम्पलाई हमास नेताको आग्रह

हमासका एक नेताले आफूहरू गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई यसका लागि ‘दबाब’ दिन आग्रह गरेका छन्।

हत्याको जाहेरी दर्ता गराउन आन्दोलन, सरकारी वकिलमा पुगेपछि ‘उन्मुक्ति’

जग्गा प्लटिङ विवादमा झापाका यामु निरौलाको हत्या हुँदा एमाले नेताका भाइ पनि मुछिए र घटनाको २३औँ दिनमा पक्राउ परे। तर प्रहरीबाट अनुसन्धान फाइल सरकारी वकिलको कार्यालय पुगेपछि मुद्दा नचल्ने निर्णय भएको छ।

हेटौँडा सिमेन्ट उद्योगको मर्मत गर्न अझै डेढ महिना लाग्ने

मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनः उत्पादन गर्न अझै डेढ महिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ।

अनुमति नलिई जंगली बँदेल पालेको आरोपमा २ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले जंगली बँदेल पालेको आरोपमा दुई जनालाई माडीबाट पक्राउ गरेको छ।

गौशाला क्षेत्रका अनधिकृत संरचनामा महानगरको डोजर (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गौशाला क्षेत्रमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ।

प्राकृतिक स्वरूप नै बदल्ने गरी दोलखाको रोल्वालिङ खोलामा कसरी आएको थियो बाढी?

रोल्वालिङमा आएको बाढीले च्छो रोल्पा हिमताल जाने पदमार्ग मात्र बिगारेन, चार वटा झोलुङ्गे पुलसमेत बगाइदियो। बेदिङ र ना गाउँसँग ४५ दिनसम्म सम्पर्कविच्छेद भएपछि हेलिकोप्टरबाट खाद्यान्न पठाइएको थियो।

दार्चुला दुर्घटना: घाइते ३ जनालाई हेलिकप्टरबाट धनगढी लगियो

जिपचालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकायालाई हेलिकप्टरबाट धनगढी लगिएको छ।

दार्चुला दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो, ६ गम्भीर

मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर मालिकार्जुनबाट गोकुलेश्वरतर्फ फर्किरहेका दर्शनार्थी सवार जिप दुर्घटनामा परेको थियो।

दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ स्थित सिराडको खोलामा दुर्घटना भएको हो। 

पर्यटकीय गन्तव्य बन्दै पर्वतको कोखेडाँडा

समुद्री सतहबाट तीन हजार ३०९ मिटर उचाइमा रहेको कोखेडाँडामा हिमाल हेर्न जाने पर्यटक बढेका छन्। यहाँबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ। 

बांग्लादेश ४० मेगावाट बिजुली निर्यात गर्दै प्राधिकरण

सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणालीमार्फत बहरामपुर भेरमारा ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बांग्लादेश पुग्नेछ। प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात हुने प्राधिकरणको भनाइ छ।

चिसो बढेसँगै बाढीपीडितलाई घरवासको चिन्ता

बाढीले क्षति पुर्‍याएको दुई महिना पुग्नै लाग्दा पीडितले अझै बस्ने वास पाएका छैनन्। कोही आफन्तकहाँ बसेर दैनिकी चलाइरहेका छन् भने, कोही सरकारले दिने राहत पर्खिरहेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी बनाउन माग

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीहरूले माग गरेका छन्।

क्यानले विश्वकपमा छनोट भएको महिला टोलीलाई नगद पुरस्कारले सम्मान गर्ने

पहिलो पटक विश्वकपमा प्रवेश गरेको १९ वर्षमुनिको नेपाली महिला टोलीलाई क्यानले प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने घोषणा गरेको छ।