AnonymousUser

Logout

विपिनको निधनबारे इजरायलद्वारा औपचारिक जानकारी, शव ल्याउने प्रक्रिया शुरू

तेल अभिभस्थित नेपाली राजदूतावासले इजरायलका सम्बन्धित निकायसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रियासमेत शुरू गरेको मन्त्रालयले जनाएको छ।

मधेशमा बुधबार ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेकी छन्।

कारागारबाट भागेका ५२५७ कैदीबन्दी अझै बाहिरै

भदौ २३ र २४ गतेको आन्दोलनका दौरान भागेकामध्ये चार हजार ६१८ नेपाली, ५३५ भारतीय र १०४ अन्य देशका गरी पाँच हजार २५७ जना कैदीबन्दी अझै कारागार बाहिरै रहेका छन्।

पितृकार्यमै रहेका बेला बुबालाई आयो विपीन अस्ताएको खबर

विपीन जोशीको मृत्युको खबरले परिवार मात्र नभई सिंगो गाउँ स्तब्ध छ।

देउवाले दिए उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले गरे राजीनामा घोषणा

प्रदेशसभा बैठकमा विश्वासको मत लिने तालिका रहे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले मार्गप्रशस्त गर्दै राजीनामाको घोषणा गरेका छन्।

ठेक्का अवधि सकियो, सेती पुलमा मात्र आधा काम

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, तीन वर्षको सम्झौता अवधिमध्ये पुलको डिजाइन स्वीकृति र मापदण्डविपरीतका संरचना हटाउनै एक वर्ष लाग्यो। पछिल्लो दुई वर्षमा निर्माणले गति लिए पनि अपेक्षित प्रगति भने हुन सकेको छैन।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेश

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेश भएका छन्।

राष्ट्रिय झण्डा ओढेर राजनीतिक कार्यक्रमदेखि आपराधिक गतिविधिसम्म

आफ्नै झण्डासहित विभिन्न कार्यक्रम तथा चुनावी गतिविधि गर्ने राजनीतिक दल र सडकमा ओर्लने अनेक समूहले पछिल्लो समय राष्ट्रिय झण्डा बोक्न थालेकै छन्, आपराधिक गतिविधिमा समेत राष्ट्रिय झण्डा देखिन थालेको छ।

४ महिनापछि सञ्चालनमा आयो बेनी–दरवाङ सडक

बर्षा रोकिएसँगै सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन्।

कहिले सञ्चालनमा आउँछ मेची राजमार्ग?

माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ।

हमासद्वारा विपिन जोशीको मृत्यु पुष्टि, शव इजरायल पठाउने तयारी

हमासले सोमबार इजरायललाई फिर्ता गर्ने भनिएका चार जना मृत बन्धकको नाम सार्वजनिक गरेको छ। सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि उल्लेख छ।

सुरक्षा परिषद् बैठकमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

बैठकमा हालको अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले जानकारी दिए।

विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ ।

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

पूर्वसभामुख उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध भेपमार्फत सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि विकल्पका रूपमा जोगमाई खोलामा ‘डाइभर्सन’ निर्माण गरी तिल्केनी–सिमलगो मार्गमा यातायात सञ्चालनको तयारी थालिएको छ।

तिहारको चटारो: पाला बनाउन भ्याइनभ्याइ (तस्वीरहरू)

भक्तपुरको ताल्को (टेलाकू) क्षेत्रका स्थानीय तिहारका लागि माटोका पाला बनाउन व्यस्त देखिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित ३ भारतीय नागरिक पक्राउ

बैंककबाट काठमाडौँ आएका तीन भारतीय नागरिक ११ किलोभन्दा बढी गाँजासहित पक्राउ परेको प्रहरीले बताएको छ।

खाल्डोको पानीमा डुबेर ३ जना बालिकाको मृत्यु

रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्डोमा परेर मृत्यु भएको हो।

हमासले रिहा गर्ने बन्धकको सूची सार्वजनिक, छैन विपिनको नाम

इजरायलले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम अनुमोदन गरेको छ। अबको केही बेरमा हमासले बन्धकहरुलाई छाडेपछि इजरायलले पनि प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्ने बताइएको छ।