AnonymousUser

Logout

टासी ल्हान्जोममाथि आधारहीन आक्रमण भएको भन्दै जेनजी समूहले गर्‍यो भर्त्सना

इन्डिजेनस जेनजी कलेक्टिभले आदिवासी समुदाय र महिलालाई सम्पूर्ण अधिकारसम्पन्न नागरिकको मान्यता दिनुपर्ने र ती अधिकार नीति-कानूनको कागजी शब्दमा मात्र नभई, व्यवहारिक कार्यान्वयनको सुनिश्चित गर्नुपर्ने माग राखेको छ।

त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनको तयारी

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ।

पर्यटक लोभ्याउने सम्पदाहरू [तस्वीरहरू]

नेपालमा पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटक आकर्षित गर्ने गरेको छ।

डोटीमा सवारी दुर्घटना: १ जनाको मृत्यु, २१ घाइते

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको छ।

बारामा माटो खन्ने क्रममा पुरिएर १ जनाको मृत्यु, १२ घाइते

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू शनिबार बिहान माटो खन्न गएका थिए।

१९ स्थानमा डाइभर्सन बनाएर खुलाइयो बीपी राजमार्ग

बीपी राजमार्गको काभ्रेपलान्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरेर सवारी सञ्चालनमा ल्याइएको छ।

देश, लोकतन्त्र र संविधान रक्षार्थ निर्वाचनमा लाग्न दलहरूलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

नेपालबाट १३५ दिनमा बाहिरियो मनसुन

जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए तापनि यो वर्ष ८ दिन ढिलो गरी बाहिरिएको छ।

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा, आइतबारदेखि दुईतर्फी खुल्ने

वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग मर्मतपछि शुक्रबारबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

अवैतनिक महावाणिज्यदूतले प्रयोग गर्ने सवारीसाधनको नीलो नम्बर प्लेट खारेज

सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ।

राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक, प्रमुख दलका नेता सहभागी

राष्ट्रपति भवन शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र प्रमुख दलका नेताहरू सहभागी भएका छन्।

काठमाडौँमा र्‍याली तथा सभा गर्न प्रशासनले स्वीकृति नदिने

काठमाडौँ प्रशासनले विभिन्न समूहबाट आयोजना गरिने र्‍याली तथा सभाजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउने, नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने कार्यमा थप जटिलता सिर्जना गर्ने निष्कर्ष निकाल्दै स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको जनाएको छ।

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई नै फिर्ता पठायो

आयोगले कानूनले नै फौजदारी कसुरमा संलग्नलाई तत्काल अनुसन्धान र कारबाही गर्ने अधिकार सरकारी संयन्त्र (प्रहरी)लाई दिएको स्मरण गराएको छ।

मन्त्रिपरिषद्का निर्णय : भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा

मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ अन्तर्गत गठन भएको आयोग र मातहतका सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ।

देश जल्नुअघि मध्यरातमा कसले पठायो हिंसाको सन्देश?

टेलिकमको सन्देश, फेसबुकको विज्ञापन र फेक प्रोफाइलहरूको जालोले आगामी आन्दोलनहरू सडकमा मात्र सीमित नहुने देखाएको छ। एसएमएस र एल्गोरिदमबाट पनि उक्साहट भएको उदाहरण हो भदौ २४ गतेको विध्वंश।

शान्ति सुरक्षाबारे गृहमन्त्री अर्यालले गरे चारवटै सुरक्षा प्रमुखसँग छलफल

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

गुडिरहेको बसबाट खसेर सिरहामा सहचालकको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका–९, जिरोमाइलनजिकै गुडिरहेको बसबाट खसेर घाइते भएका सहचालकको उपचारका क्रममा मृत्यु भएको छ।

दोलखामा अलपत्र परेका चार पर्यटकको उद्धार

रसियाका दुई र स्वीजरल्यान्डका दुई जना पर्यटक बाटो अवरुद्ध भएपछि बिगु गाउँपालिकाको ईलुकस्थित नासा जलविद्युत् आयोजनामा बसेका थिए।

मखमली फुल्यो, तिहार लाग्यो [तस्वीरहरू]

मखमली फूलको माला प्रतिगोटा २२ देखि २३ रुपैयाँमा बिक्री भइरहेको छ। व्यवसायीले घरमै आएर माला खरिद गरिरहेका छन्।

बीपी राजमार्ग: पहिरोले बगाएको स्थानमा कुन सडक प्रयोग गर्ने?

तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनले पहिरोले बगाएको स्थानमा वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन्।