AnonymousUser

Logout

रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतको अनुमति

पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

विद्युतीय गाडी वृद्धिसँगै ‘चार्जिङ स्टेसन’ अपुग, भाडादर महँगो भएको यात्रुको गुनासो

सवारीसाधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा पर्याप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या बेहोर्नुपरेको यात्रुसहित यातायात व्यवसायीले गुनासो गरेका छन्।

साफ च्याम्पियनसिप : श्रीलंकाको विजयी शुरूआत

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै श्रीलंकाले विजयी शुरूआत गरेको छ।

हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’को रौनक (तस्वीरहरू)

बोलीचालीमा ‘कहीँ नभएको जात्रा’ भनिए पनि यसलाई हाँडीगाउँका बासिन्दा चोक्टे नारायणको जात्रा भन्छन्। उल्टो खट र मैनको फूल प्रयोग हुनाले अन्य जात्राभन्दा यो जात्रा फरक भएको हो।

जनावरबाट बाली जोगाउन राखिएको नांगो तारबाट करेन्ट लाग्दा १ जनाको मृत्यु, २ घाइते

जंगली जनावरबाट बाली जोगाउन खेतमा लगाएको बिजुलीको नांगो तारबाट उनीहरूलाई करेन्ट लागेको थियो।

सडक अभावमा विषादीरहित स्याउ खेर गइरहेकोप्रति सरकारको ध्यानाकर्षण

उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डितले किसानको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानलाई पलायन हुनबाट रोक्न राज्यका सबै निकायले ध्यान दिनुपर्ने बताए।

संक्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

पदाधिकारी छनोट प्रक्रियामा विगतका गम्भीर गल्ती दोहोरिन नदिई यसको विश्वसनीयता र वैधता सुनिश्चित गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको जबाफदेहिता निगरानी समितिले जनाएको छ।

पहिरो छल्न आकाशमार्गः १६ दिनमा पाँच हजार उडान, पौने तीन लाख यात्रुलाई सेवा

काठमाडौँबाट बाहिरिने प्रायः राजमार्गमा पहिरोले क्षति पुगेपछि दशैँ र सेरोफेरोका १६ दिन यात्रुको चाप व्यवस्थापन गर्न आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै बढी उडान र अवतरण भए।

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक ३ दिन बन्द

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले शुक्रबारदेखि तीन दिनसम्म दुवै सडक बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ।

बसाइँसराइले रित्तिएको गडीगाउँ: न दौँतरी छन् न छिमेकी

गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। २०७८ सालको जनगणनाअनुसार यहाँ ३८ घरमा ३६६ जनाको बसोबास थियो । हाल १७ घरमात्र छन्। जनसंख्या १२० मा झरेको छ। 

बुद्धसिंह राजमार्गको नाल्दीघाटखण्ड २० दिनदेखि अवरुद्ध

नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का स्थानीयलाई आवतजावतमा समस्या भएको छ।

सरकारले भारतबाट २ लाख मेट्रिकटन गहुँ आयात गर्ने

नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ।

संकटग्रस्त घोषित पालिकालाई ३ तहमा वर्गीकरण गरेर राहत दिइने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले संकटग्रस्त स्थानीय तहलाई क्षतिका आधारमा रकम वितरण गर्ने निर्णय गरेको छ।

बारका अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश

 सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश दिएको छ।

‘सर्च कमिटी’लाई पूर्णता दिएर संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्ने ३ दलबीच समझदारी

माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले तीन दलबीच तत्काल सर्च कमिटीलाई पूर्णता दिएर संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन प्रक्रियालाई अगाडि बढाउने समझदारी भएको बताए।

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

शव वाहन नहुँदा आत्महत्या तथा भवितव्यमा परेर ज्यान गुमाएकाका आफन्तले चर्को मूल्यमा ट्याक्टर ‘रिजर्भ’ गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ। 

काभ्रेमा बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी स्थगित

बाढीपहिरोमा परी काभ्रेमा ६ जना अझै बेपत्ता छन्। धेरै दिनसम्म खोजतलास गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

विषाक्त मदिरा सेवनबाट बिहारमा २० जनाको मृत्यु

भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु भएको छ। 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ।

यी ५ प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।