AnonymousUser

Logout

‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनालाई स्वर्ण पदक

वेल्समा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ।

करेन्ट लागेर २ बालिकाको मृत्यु

करेन्ट लागेर शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ।

बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैन। छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ।

नेपालबाट बाहिरियो मनसुन

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन १० दिन ढिलो गरी शनिबार नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

कामकै लागि दशैँ बिर्सिएका ‘पर्यटक भरिया’

पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन्। भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन शुरू भएसँगै युवा चाडपर्व नभनी व्यवसायमै व्यस्त छन्।

पाइलट पढ्न गएका छोराको शव जब टीकाको अघिल्लो दिन आयो…

व्यास नगरपालिका–२ दमौलीका विराट पन्थले दक्षिण अफ्रिकामा पाइलटको १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट बन्दै थिए। तर उनले अब कहिल्यै जहाज नउडाउने भएका छन्।

आफन्तकहाँ आश्रय लिएर दशैँ मनाउँदै छन् बाढीपहिरो पीडित 

बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दशैँ मनाइरहेका छन्।

पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन

रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब आठ किलोमिटर क्षतिग्रस्त बनाएको थियो। धेरैजसो स्थानमा खोला बगर सम्म्याइएको छ भने केही ठाउँमा अस्थायी सडक बनाइएको छ। 

विपद्बाट अधिक मानवीय तथा भौतिक क्षति बेहोरेको काभ्रे

जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ। बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्यांक सार्वजनिक अझै हुन सकेको छैन। 

फेरिएको दशैँ : सन्तानसँग चाड मनाउन बिदेसिँदै अभिभावक

अध्ययन वा कामका लागि बिदेसिएकाहरू दशैँमा घर फिर्ने चलन छँदैछ। तर यस्ता अभिभावक पनि छन् जो विदेशमा भएका आफन्तलाई दशैँको टीका लगाइदिन चाडको मुखमा आफैँ बिदेसिन्छन्।

सुनसान काठमाडौँ उपत्यकाका सडक (तस्वीरहरू)

दशैँ मनाउन मानिसहरू गाउँघर गएपछि काठमाडौँ उपत्यकाभित्रका सडक प्रायः सुनसान देखिएका छन्।

दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिए १३ लाख यात्रु

दशैँ मान्नका लागि एक सातामा १३ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन्। 

सुक्खा पहिरोले बीपी राजमार्गको वैकल्पिक बाटो पनि अवरुद्ध

काभ्रेपलान्चोक प्रहरीका अनुसार  पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेका बस र टाटा सुमो पुरिएका छन्, मानवीय क्षति भएको छैन।  

विद्यालयमा नतिजा सुधारका लागि काठमाडौँ महानगरले ‘फेस्टिभल क्याम्प’ गर्दै

क्याम्पमा सहभागी हुन अहिलेसम्म दुई हजार २७७ विद्यार्थीले चासो देखाएका छन्। १६ विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्र तोकिएको छ। 

मर्दी हिमाल पदमार्गमा सुदीप गौतमको शालिक

मर्दी पदमार्ग पत्ता लगाई विश्वमा प्रचार गर्ने सुदीप गौतमको सम्मानमा बालदडाँडामा पार्कसहित शालिक निर्माण गरिएको छ।

गोरखामा धारिलो हतियार प्रहार गरी युवती हत्या

घरभित्र सुतिरहेको अवस्थामा युवतीमाथि धारिलो हतियारबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ।

निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत रुबि खानसहितका व्यक्ति पक्राउ

निर्मला कुर्मीका लागि न्याय माग्दै आन्दोलनरत रुबि खानसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दशैँघरमा भित्र्याइयो फूलपाती (तस्वीरहरू)

बडादशैँको सातौँ दिन बिहीबार हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ।

बीपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत दिएको जानकारीअनुसार पहिरोको अवरोध हटाएर शुक्रबार बिहान १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउने छ।

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि...

आपत्कालीन अवस्थाबाहेक इमरजेन्सी ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्‍याउन सक्ने प्रवक्ता कर्णको भनाइ छ।