आगो अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको थियो। तर बाढीपहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको यातायात व्यवसायीको भनाइ छ।
पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्युठानलगायतका जिल्लाबाट रोजगारीका लागि भारतमा पुग्ने गरेका छन्।
यस दिवसका अवसरमा आज हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिकट प्रदर्शनी सञ्चालन गरिएको छ।
खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मंगलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ।
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्।
कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
एक साताअघि चार दिन निरन्तर परेको वर्षाका कारण झरेको पहिरो र गेग्र्यानले सडक कतै धुलाम्मे छ। भित्तामा मूल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थान हिलाम्मे छ।
रोशी खोलाको बहावलाई सोझ्याएर किनारमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी संरचना निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो।
मेलम्चीको पानी केयूकेएलका विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया शुरू गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रसाद लामिछानेले बताए।
थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा आरोहण खुल्ला गरिएका हिमालको संख्या ४६१ पुगेको छ।
अहिले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी क्षेत्रबाट पनि केही दिनमै मनसुन बाहिरिने महाशाखाले जनाएको छ।
धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुई वटा चित्तल मारेर बोरामा लैजान लागेका एक जना पक्राउ परेका छन्।
विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्त्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाले जनाएको छ।
सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरूको पाँच सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ अवधिमा खुला रहने जनाएको छ।
हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोटको सिमानास्थित सूर्यकुण्ड आसपासमा पोल्यान्डका नागरिक २३ वर्षीय सोविन्का अग्निएस्ज्काको मृत्यु भएको छ।
बेलौरी नगरपालिका– ६ ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका उमेश चौधरीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको कुण्डा सबडिभिजन वन कार्यालयले जनाएको छ।
जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाका सिम्ले, अखुवाटार, त्रिवेणी, सांमालगायत ठाउँमा आउजाउ तथा खाद्यान्न ढुवानी सहज भएको छ।