AnonymousUser

Logout

छतमा यात्रु बोक्ने सवारीलाई २० हजारसम्म जरिबाना

यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कडाइ गरेको छ।

गाउँघरमा छैन दशैँको उमङ्ग

अधिकांश युवापुस्ता जिल्ला बाहिर बस्छन्, गाउँघरमा बुढापाका। बाढीपहिरोले बाटोघाटो बिग्रिए शहर बजारमा रहेका छोराछोरी आउन नपाएपछि बुढापाकाका लागि यस वर्षको दशैँ खल्लो हुने भएको छ।

चाडबाड सिजनमै मलहरूमा छैन चहलपहल (तस्वीरहरू)

महँगी बढेकाले मलहरूमा चहलपहल कम भएको व्यापारीहरूको अनुमान छ। यही अवस्था रहिरहे व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आउने उनीहरू बताउँछन्।

बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या २४६ पुगेको छ भने १८ जना बेपत्ता छन्।

अस्पतालका फार्मेसीमा अनलाइन भुक्तानी सुविधा नपाउँदा सास्तीमा सेवाग्राही

काठमाडौँका अधिकांश सरकारी अस्पतालका औषधि पसलमा अनलाइन भुक्तानीको व्यवस्था छैन। सजिलो विकल्प नहुँदा नगद जुटाउने झन्झट झेल्नुपरेको सेवाग्राहीको गुनासो छ।

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकाहरूलाई पुनर्निर्माणमा खटाइने

कार्यविधि संशोधन भएसँगै स्थानीय तहले भविष्यमा आइपर्ने विपद्का समयमा प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गरेर उद्धार, राहत र स–साना आयोजनाको पुनर्निर्माण गर्न सक्नेछन्।

दशैँमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।

मूल्य सस्तिएपछि बढ्यो च्याङ्ग्राको व्यापार

अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फस्टाएको छ्याङ्तो गुरुङ बताउँछन्। १०४ वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेका उनको भनाइ छ।

मोटरसाइकल र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना  घाइते भएका छन्।

यो दशैँमा खुशी छैनन् सुनसरीका किसान

धानखेतीका लागि किसानले प्रतिबिघा ३० देखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका छन्।  त्यही खेत बाढीले डुबाउँदा उनीहरूले निकै घाटा बेहोर्नुपरेको छ।

बाढीपहिरो : काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिका-१२ स्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ।

आज यी ५ प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउने प्रधानन्यायाधीशको प्रतिबद्धता

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

बजारमा चहलपहल बढे पनि व्यापार घटेको व्यापारीको गुनासो

बजारमा मान्छेको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीको भनाइ छ। सर्वसाधारण भने सामान्य खर्चमा दशैँ टार्ने योजनामा देखिन्छन्।

रुकुम पश्चिममा ८ किलो अफिमसहित २ जना पक्राउ

रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्।

एनपीएल अक्सनः अनिलमाथि आठै टोलीको बोली, ‘लक्की ड्र’मार्फत जनकपुरमा अनुबन्ध

अनिल साहलाई प्राप्त गर्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो। 

सूर्यदर्शन सहकारी प्रकरणः कास्की प्रहरीको अनुसन्धान कहाँ पुग्यो? 

आफ्नो बचत फिर्ता पाउनुपर्ने माग राख्दै पोखराका सहकारी पीडित बचतकर्ता दुई वर्षयता निरन्तर संघर्षमा छन्। पूरै रकम कहिले पाइन्छ निश्चित नभएकाले थोरै भए पनि सरकारले तत्काल दिलाउनुुपर्ने उनीहरूको अडान छ। 

नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिँदै मनसुन

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भू–भागबाट बाहिरिँदै गएको छ।

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरण प्रभावकारी बनाउन निर्देशन

गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।