सशस्त्र प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।
चितवन प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढी पहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन्।
कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका तीन जना पहिरोमा पुरिएका हुन्।
व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
बेलिब्रिज बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ।
विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशय खोलेका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ का ५५ वर्षीय पुरुष रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। उनको परिचय भने खुलेको छैन।
ललितपुर महानगरपालिका– १४ नखिपोट कान्तिपुर कोलोनीमा नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन्।
बागमतीको बाढीले काठमाडौँको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ। गाडी हिँड्ने पक्की पुल माथिबाट बाढी बगेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजर गरी शनिबार बिहान जलाशयको ढोका खोलिएको जानकारी दिए।
देशभर सञ्चालित २६९ स्वचालित केन्द्रमध्ये १०१ केन्द्रमा सतर्कता तहभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पाँचथरस्थित तमोर नदी माझीटार र धनकुटास्थित तमोरकै मुलघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उपत्यकाभित्र र बाहिर जाने कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन्।
बेपत्ता हुनेहरूको खोजीमा प्रहरी र स्थानी जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
बागमती नदी अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूलाई शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
अन्नपूर्ण चोकनजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलामा मोटरसाइकलसहित खसेका एक जना बेपत्ता भएका छन्।
मकवानपुर प्रशासनले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बिहीबारदेखि परेकाे अविरल वर्षाका कारण काठमाडौँको कुलेश्वर क्षेत्र डुबानमा परेकाे छ।