AnonymousUser

Logout

जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय

इँटाको छत रहेकाले पटक पटक इँटा खस्ने गरेको कार्यालय प्रमुख शोभा पाण्डे बताउँछिन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमालय क्षेत्रमा सन्निकट संकट, पूर्वतयारीमा लाग्न विज्ञको सुझाव

कमजोर भू–बनोट, वनस्पतिविहीन नांगो र भिरालो जमिनका कारण हिमाली क्षेत्रले वर्षा थेग्न नसकेर बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्तन्छ।  हिउँ हराउँदै गए कृषि र जनजीवनमा ठूलो असर पर्ने विज्ञ बताउँछन्।

राप्तीमा डुबेर बेपत्तामध्ये १ जनाको शव फेला

माछा मार्ने क्रममा शुक्रबार राप्ती नदीमा डुबेर बेपत्ता भएका दुईमध्ये एक जनाको शब भेटिएको छ।

महिलाको हत्या आरोपमा बसुन्धाराबाट २ जना पक्राउ

एक महिलाको हत्या गरेको आरोपमा काठमाडौँ महानगर–३ बसुन्धारा क्षेत्रबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

चेक अनादर मुद्दामा ३ महिनादेखि २ वर्षसम्मको कैद सजाय

कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ।

‘फेक इन्काउन्टर’को फेक धन्दाः भारतीय प्रहरीको सिकोमा नेपाल प्रहरी!

सन् १९९३ को मुम्बई विस्फोटपछि भारतीय प्रहरीले फेक इन्काउन्टर श्रृंखला चलाउँदा १० वर्षमा १२ सयको हत्या भयो। त्यसपछि पनि यस्ता घटना रोकिएनन्। पछिल्लो समय नेपाल प्रहरीसमेत फेक इन्काउन्टर विवादमा फसेको छ।

किर्ते मुद्दामा लुम्बिनीका सांसद केसी जेल चालन

किर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्।

भेनेजुएलाका विपक्षी नेता उरुटिया स्पेनको शरणमा

भेनेजुएलाका विपक्षी नेता एडमन्डो‍ गोन्जालेज उरुटियालाई मड्रिडले आइतबार राजनीतिक शरण दिने घोषणा गरेको छ।

सिँचाइ कार्यालय कर्मेयाको जग्गा अतिक्रमणमा

बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ। 

जाजरकोटको बारेकोट पहिरोमा पुरिएका दुवै जनाको शव फेला

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका दुवै जनाको शव फेला परेको छ।

पहिरोले नहर बगाएपछि बागलुङका १ हजार ३०० घर बिजुलीविहीन

निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो।

जाजरकोटको पहिरोमा वडा सदस्यसहित २ जना बेपत्ता

पहिरोमा पुरिएकी ११ वर्षीया सम्झना चालाउनेलाई उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको छ। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ठेकेदारको लापरबाहीले हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अलपत्र

९६ करोड ४५ लाख रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालमा निर्माण थालिएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो। 

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

पहिरोका कारण अवरुद्ध भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ।

बाँदरले सताएपछि स्याङ्जाका कृषकले रोजे वैकल्पिक खेती

गल्याङ नगरपालिकाका कृषक परम्परागत रूपमा लगाउँदै आएका धान, मकै गहुँ, तरकारी बाली छोडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ आकर्षित भएका छन्।

राप्ती स्वास्थ्य प्रतिष्ठानले एमबीबीएस पढाउन पायो ५० सिट

चिकित्सा शिक्षा आयोगले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ।

प्रहरी कार्यालयमै कसरी क्षतिग्रस्त बनेर छाउनी संग्रहालय पुग्छन् मूर्ति?

विभिन्न स्थानमा बेवारिसे भेटिएका करिब २०० मूर्ति र कलावस्तु छाउनीस्थित राष्ट्रिय संग्रहालयको भण्डारण कक्षमा छन्। यीमध्ये अधिकांश प्रहरी कार्यालयहरूमा लामो समय रहेका र क्षतिग्रस्त कलावस्तु छन्।

केरा बगान मासेर व्यावसायिक मकैखेती, कोशीमा बढ्यो उत्पादन

परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रूपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन्।

पर्यटकका लागि सहज बन्दै उपल्लो मुस्ताङ

उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघरका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिकस्थल छन्।