AnonymousUser

Logout

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्।

सहकारी पीडित पुनः आन्दोलित (तस्वीरहरू)

प्रदर्शनका क्रममा उनीहरूले ‘सहकारीले दुःखको कमाइ लुटिदिँदा जिन्दगी नै अप्ठ्यारो भयो, ओखती र खाना खान नपाएर बाँच्नै गाह्रो भो’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

बीपी कोइराला क्यान्सर अस्पतालमा बिरामीको मृत्यु भएपछि २ नर्स निलम्बित

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो।

बेनी बजारमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा ५० करोड रुपैयाँ लागतमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरिएको छ।

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।

बाढी–पहिरोमा परी बुधबारसम्म १४५ जनाको मृत्यु, ४७ बेपत्ता

वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‍्मा परी बुधबार दिउँसोसम्म १४५ जनाको मृत्यु भएको छ।

काठमाडौँको ढल्कुमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, छ घाइते

झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको हो।

नुवाकोटको भद्रुटारका दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा, सयौँ रोपनी धानखेतमा बाढी पस्यो

निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले लाखौँको क्षति गरेको छ।

विदेशी पर्यटकले निर्वाधरूपमा गड्डाचौकी हुँदै भारततर्फ जान पाउने

कोराना महामारीका बेला गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो। 

रेशम विकास केन्द्र: उत्पादन घट्दै, जेनतेन सञ्चालन

केन्द्रलाई पुनर्जागरण गराउन सके उत्पादनसँगै रोजगारीको अवसर बढाउन सकिने र हरेक वर्ष रेशम धागो आयातका लागि सरकारले गरेको करोडौँ लगानी रोक्न सकिने जनाइएको छ।

हनुमन्तेमा बाढी: भक्तपुरका ७० भन्दा बढी घर डुबानमा

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्न भएका छन्।

ललितपुरका विभिन्न स्थान डुबानमा: २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ च्यासल, वडा नं ९ शंखमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ।

काठमाडौँको बल्खु खोलामा बाढी: १ जनाको मृत्यु

बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको प्रहरीले जनाएको छ। 

काठमाडौँ उपत्यकामा रातभर वर्षा: नदी करिडोरका बस्ती डुबानमा

वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुलगायत खोलामा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना डुबानमा परेका छन्।

भोजपुरमा बाढीले बगाएर जलविद्युत् आयोजनाका २ मजदुर बेपत्ता

भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो। एक जनाको उद्धार गरिएको छ।

देशभर २० जनामा हैजा पुष्टि

स्वास्थ्य मन्त्रालयले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जनाएको छ।

कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेस सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन्।

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

भक्तपुरको दधिकोटमा खोला बस्ती पस्दा ३० घर डुबानमा

वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।

नेप्से परिसूचकमा ३५.५५ अंकको वृद्धि, १७ अर्बमाथिको कारोबार

मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा कायम भएको छ भने १७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।