संघीय सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन्।
आठ वर्षअघि रंगशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय 'कभर्ड हल' पनि बजेट नहुँदा अलपत्र परेको छ।
काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने भएकाले यस्तो निर्णय गरेको हो।
बासी गन्हाइसकेको खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि धादिङका एक होटल सञ्चालकलाई उक्त कारबाही गरिएको हो।
कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ।
गत वर्ष कञ्चनजंघा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारेका थिए।
अहिले बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सरकारले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको छ।
सरकारले १८ वटा देशका लागि राजदूत सिफारिस गरेको छ भने पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।
प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या आरोपमा उनकै घरमा सहयोगीका रूपमा काम गर्ने राम उजैन रायसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए।
जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी १४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन्।
संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्ताव गरी पठाएको सिफारिस संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।
उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए।
पोखरा महानगरले सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।
गोरखाको धार्चे गाउँपालिका–५ मा पहिरोमा परेर बेपत्ता भएका पाँच जनामध्ये चारको शव फेला परेको प्रहरीले जनाएको छ।
सांसद उदयशमशेर जबराले पछिल्लो ६ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताए।
सभापति थापाका अनुसार सहकारी क्षेत्रको बचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेकालाई संसदीय विशेष छानबिन समितिको सम्पर्कमा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिइएको हो।
संसदीय सुनुवाइ समितिमै उनीविरुद्ध यौनहिंसा जस्तो गम्भीर आरोपसहितका उजुरी परेका थिए।
त्रिवेणी डिस्टलरीमा कार्यरत रहँदा उद्योगले गरेको गल्तीको सजाय भने उक्त उद्योगको म्यानेजर पदमा रहेर काम गरेका रवीन्द्रकुमार श्रेष्ठले भोगिरहेका छन्।