पोखराको कोलपाटनमा ‘ओभरहेड टंयाकी’ बनाउँदा सरकारी निकायहरूले समन्वयको सट्टा लापरबाही गरेकाले साढे चार अर्बको लगानी जोखिममा परेपछि त्यसका जिम्मेवार कर्मचारीलाई कारबाही गर्नुपर्ने छानबिन समितिको राय छ।
प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टंक राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो।
रघुगंगा गाउँपालिका–२ सिरुबारीस्थित सडकमा शुक्रबार बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।
बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका १८ वर्षीया सीता तामाङ, १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङलाई पहिरोले पुरेको हो।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले ईयूको सुरक्षा सूचीबारेको प्रगति, कति समयपछि नेपाल सुरक्षा सूचीबाट हट्छ भन्नेबारे विस्तृत विवरणसहित उपस्थित हुन प्राधिकरणलाई निर्देशन दिएको छ।
दुई जना उपचारका क्रममा भागेका छन् भने एक जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्का एकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
वर्ल्ड हेरिटेज कमिटीका २१ मध्ये भारतसहित १९ देशका प्रतिनिधिले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन्।
लेखा समितिले ‘डेडिकेटेड’ र ‘ट्रंक’ लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन मागेको छ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था तत्कालीन गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि चर्चामा छ। यही सहकारीमा सचिव रहेका पूर्वउपराष्ट्रपतिपुत्रलाई जोगाउन गरिएको चलखेलको कथाः
सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्रै परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ।
एक वर्षको अवधिमा काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ।
सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएका ल्हारक्याल लामालाई पत्राचार गरेर कानूनी प्रक्रिया सम्झाएका बुढानीलकण्ठका मेयर अधिकारी नै अहिले ‘समितिले काम गरिरहेको’ भन्दै पछि हटेका छन्।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीलाई कारबाही गर्ने भएको छ।
वर्षाका कारण धोबीखोलामा आएको बाढीका कारण काठमाडौँ महानगरपालिका–१० र ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको छ।
जग्गा प्लटिङका लागि गोदावरीमा फन्टे खोला पुरेर सडक बनाउँदा वर्षामा डुबानको समस्या हुन थालेको दुई वर्ष भयो। खोलामा हालिएको ह्युमपाइपको ढक्कन वर्षा लागेपछि खोलिँदा सडक र नजिकैको खेतमा तलाउ भएको छ।
सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। पानी नपरेमा बिहीबार दिउँसोसम्ममा सडक सञ्चालन हुने सम्भावना छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ७७ उद्योगको अनुगमनपछि संकलन गरेको नमूनाबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेको पाइएको हो।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ।
शव पहिचानका लागि फिंगर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ।