AnonymousUser

Logout

द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर १ कामदारको मृत्यु, १ घाइते

मकवानपुरको बकैयामा काठमाडौँ–निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर एक कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो।

‘दुर्घटनाग्रस्त जहाजको उडानयोग्य समय ११९ घण्टा बाँकी नै थियो’

त्रिभुवन विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनामा परेको थियो। 

मानव अधिकार आयोगले भन्यो– विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नदिनू

विभिन्न अभियोगमा छानबिन प्रकृयामा रहेका एवं सामाजिक र नैतिकरूपमा विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्तिका लागि सिफारिस भएको विषयमा ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

रुसी सेनामा भर्ती भएका ३४ नेपालीको मृत्यु, ६ जना युक्रेनमा बन्धक

मृत्यु भएकाहरूको शव नेपाल झिकाउन अहिलेसम्म २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: १ विदेशीसहित १८ जनाको मृत्यु

प्रहरीका अनुसार जहाजमा पाइलटसहित १९ जना सवार थिए। उनीहरू सबै एयरलाइन्सकै कर्मचारी हुन्।

सौर्य एयरको जहाज दुर्घटना: १५ जनाको मृत्यु, ४ को उद्धार

जहाजमा दुईजना चालक दलका सदस्य र अन्य १७ जना प्राविधिक तर्फका कर्मचारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

सौर्य एयरको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।

पहिरोले देवीघाट–गल्छी सडक अवरुद्ध

देवीघाट–गल्छी सडकको दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ। 

नुवाकोटमा अविरल वर्षापछिको पहिरोबाट ९ परिवार विस्थापित

सूर्यगढी गाँउपालिका–४ अर्चलेमा मंगलबार बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्की घर र किराना पसल बगाएको छ।

बुटवल–पाल्पा सडकखण्ड भासिएपछि राति सवारी चलाउन रोक

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिकास्थित हिउँदे खोलानजिकै सडक भासिएपछि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

लागुऔषध सेवन गरी गाडी चलाउँदा दुर्घटना, चालक प्रहरीको नियन्त्रणमा

प्रहरीले लागुऔषध सेवन गरी लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ।

मनसुनी विपद्मा परी मृत्यु हुनेको संख्या १३३ पुग्यो, ७ जना बेपत्ता

बाढीका कारण १८४ घर डुबानमा परेका, २३५ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई/दुई विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।

पूर्वमन्त्री महतोले घुस दिएको घटना छानबिन गर्न ३ सदस्यीय समिति गठन

समितिलाई समकक्षताको प्रमाणपत्र दिँदा भएका काम कारबाहीका सम्बन्धमा प्रतिनिधिसभा सदस्यबाट उठाइएको विषयमा आवश्यक छानबिन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ।

६ उद्योगमा विद्युत् जोड्ने प्राधिकरणको निर्णय

विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तानी विवादका कारण ६ उद्योगमा काटिएको विद्युत् लाइन हालका लागि जोडिदिने भएको छ।

यौन दुर्व्यवहारको मुद्दा खेपेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ बुधबार

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारसँग सम्बन्धित विभिन्न चार वटा उजुरी परेका छन्।

जीर्ण बन्दै सुकुमबासीका लागि बनाएको अपार्टमेन्ट (तस्वीरहरू)

काठमाडौँका विभिन्न नदी–किनारमा बस्दै आएका सुकुमबासी परिवारलाई स्थानान्तरण गर्न भनी नागार्जुनमा बनाइएको अपार्टमे‍न्ट प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।

फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियारले खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

पहिरो हटाएर कान्ति लोकपथ सञ्चालनमा

ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुकादेखि हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो। 

चेम्गाङ जेलमा रिन्जिनलाई लुगाफाटो दिएर निस्किएका रामबहादुर राई

रामबहादुरले भुटानको चेम्गाङ जेलबाट ल्याएका ‘कैदी कुर्ता–सुरुवाल’ २४ वर्षपछि टेकनाथ रिजाललाई फिर्ता दिइदिए। आफ्नो त के थियो र! भएका लाउने र ओछ्याउने पनि जेलमै सबै गुमाउन बाध्य रिन्जिनलाई सुम्पिएका थिए।