AnonymousUser

Logout

जेठ २८ गतेयता बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १२५ पुग्यो

प्रहरीका अनुसार जेठ २८ गतेयता बाढीका कारण १८२ घर डुबानमा परेका छन् भने २२२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ।

सेनाको प्रष्टीकरणा– रथी सिग्देलको जन्ममिति र नागरिकतामा कैफियत छैन

भावी प्रधानसेनापतिको लाइनमा रहेका नेपाली सेनाका रथी अशोक सिग्दलेका विषयमा सार्वजनिक भएका विवरणमा कुनै सत्यता नभएको नेपाली सेनाले दाबी गरेको छ।

पृथ्वी राजमार्ग स्तरोन्नतिका लागि मनसुनभर बन्द गरिने

असारदेखि असोजसम्म मनसुन सक्रिय रहेकाले कालोपत्र कार्य रोकेर अन्य काम गर्न लागिएको आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए।

१ किलो कोकिनसहित २ विदेशी पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

बाजुरामा पहिरोले ५ परिवार विस्थापित

वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन्।

अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु

पुरानो मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका एक बिरामीको अस्पतालको तेस्रो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ।

बाढीले पुल बगाएपछि गोरखा–आरुघाट सडक अवरुद्ध

भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

पक्की सडक सञ्जालले फेरिँदै छन् सूर्यविनायकका गाउँ

सडक स्तरोन्नति भएपछि गाउँमा उत्पादित तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान सहज भएको छ। काठमाडौँबाट तरकारी लिन गाउँमै गाडी आउन थालेका छन्।

सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

त्रिशूलीमा बेपत्ता भएका यात्रुमध्ये बुधबारसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको  सशस्त्र प्रहरी बलले जनाएको छ। 

गुगल नक्सा सर्भे गर्न आएको कारमा आगजनी

स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप लगाउँदै आगजनी गरेका हुन्।

मनसुनजन्य विपद्‍बाट १६३ राजमार्ग प्रभावित

सडक विभागको तथ्यांकअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने १४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

बालमन्दिर प्रकरणमा नयाँ चलखेलः सम्झौता खारेजीको निर्णय फिर्ता लिन विशाल ग्रुपको दबाब

बाल संगठनले विशाल ग्रुपद्वारा सञ्चालित बृहस्पति स्कुलसँगको जग्गा लिज सम्झौता खारेज गरेसँगै यो प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले अनुसन्धान नटुंग्याउँदा नयाँ चलखेल शुरू भएको छ।

ठेक्का पूरा नगर्ने ४ निर्माण कम्पनी कालोसूचीमा

कालोसूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ। 

चितवनमा १ वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन्। सो अवधिमा ४४५ सवारीसाधन दुर्घटनामा परेका थिए।

मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प  गएको हो।

सिमलताल दुर्घटना: १७ शव फेला, ८ को सनाखत हुन बाँकी

सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

सहकारी संसदीय छानबिन विशेष समितिले पूर्वसचिवसँग गर्‍यो छलफल

सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरूसँग छलफल गरेको छ। 

मनसुनी विपद्मा परी २४ घण्टामा ७ जनाको मृत्यु

मनसुनी विपद्मा परी गएको चौबिस घण्टाको अवधिमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिमलताल दुर्घटना : बेपत्ता भएकाहरूलाई खोज्न ३०० सशस्त्र प्रहरी परिचालित

घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब १३२ किलोमिटर क्षेत्रमा ३०० को संख्यामा जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

अतिक्रमित सरकारी जग्गामा ‘हाइटेक नर्सरी’

१५ वर्षपछि कब्जा फुकुवा गरिएको उक्त सरकारी जग्गामा निर्माण गरिएको हाइटेक नर्सरीमा ‘जर्मिनेसन’ र ‘ग्रिनहाउस’ गरी दुई वटा ‘च्याम्बर’ बनाइएको सबडिभिजन वन कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए।