२१औँ राष्ट्रिय धान दिवस ललितपुरको खोकनामा पनि विशेष कार्यक्रम गरेर मनाइएको छ।
राष्ट्रिय जनगणना–२०७८ कोतथ्यांकअनुसार मधेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ।
आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ।
नक्कली शरणार्थी गिरोहमाथि प्रहरी अनुसन्धान र आरोपी पक्राउ शुरू भएयता फरार रहेका झा भारतका विभिन्न शहरमा बस्दै आएको जानकारी गृह प्रशासनले पाएको थियो।
पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको छ।
स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए।
पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङखण्ड पनि अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ।
यस अध्ययन सामग्रीले अपांगता भएका नागरिकलाई पूर्वतयारी, प्रतिकार्य तथा पुनर्स्थापनाका लागि सचेत बनाउन सहयोग गर्ने प्राधिकरणले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा बाैद्धबाट पक्राउ परेका छन्।
क्यानले बिनाअनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सी–चेकको अनुमति दिएको थिएन।
काठमाडौँ महानगरपालिकाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जलस्रोत विधेयक–२०८१ पेस गरिएको छ।
दमकमा बनेको भ्यु टावर पुग्न अझै पक्की सडक पुगेको छैन। खानेपानीको सुविधा नहुँदा आसपासका स्थानीय कल पेलेर पानी चलाउँछन्। ढल र नहरको ‘कागजी योजना’ मात्रै बनेको छ।
२०७८ सालको बाढीले झोलुंगे पुल बगाएपछि कुनै निकायले बनाउने चासो दिएका छैनन्। पुल नहुँदा फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्।
झापाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरिएको छन्। मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढाइएको छ।
कल्भर्टमा कार खस्दा घाइते भएका नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको उपचारका क्रममा मृत्यु भएको छ।
'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ असार १५ मा २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।
बन्दीपुर गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सो कार्यक्रम सञ्चालन गरिने घोषणा गरे।
अध्ययनअनुसार सुरुङ बनाउन करिब ३५ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ। सुरुङ निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दुरी छोटिने छ।
गिरीबन्धुको जग्गा बैना गर्नेमा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा, पूर्व मेयर ध्रुवकुमार शिवाकोटी, बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईं र कोशीका तत्कालीन मुख्यमन्त्री उद्धव थापासमेत छन्।