AnonymousUser

Logout

भोटेकोशी जलविद्युत‍्को स्ल्याब भत्किँदा पुरिएका १० कामदारको उद्धार, २ जनाको अवस्था अज्ञात

सशस्त्र प्रहरीका अनुसार उद्धार गरिएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि काठमाडौँतर्फ ल्याइएको छ।

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ।

माथिल्लो र तल्लो मनाङमा आवतजावत विच्छेद

मनाङको माथिल्लो र तल्लो भागलाई जोड्ने पुलमा बाढीले क्षति पुर्‍याउँदा दुई भेगबीच आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।

मनसुनजन्य विपद्‍बाट हालसम्म २८ जनाको मृत्यु

मनसुनजन्य विपद्‍बाट हालसम्म २८ जनाले ज्यान गुमाएका छन् भने एक बेपत्ता तथा अन्य २५ जना घाइते भएका छन्।

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको सूर्यचौर

काठमाडौँको सामाखुशी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा नुवाकोटको सूर्यचौर पुग्न सकिन्छ।

पाँचथरमा कुटपिटबाट १ जनाको मृत्यु, ३ घाइते

१५–२० जनाको समूहमा आएका व्यक्तिको कुटपिटबाट फिदिम–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा पहिरो, सडक अवरुद्ध

बागलुङ बजारदेखि पातिहाल्नेसम्मको १४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ। हटियादेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ।

आयुक्तले मिचेको सार्वजनिक जग्गा खाली गराउन खोज्दा मेयर चिरिबाबुलाई अख्तियारको ताकेता

अख्तियारले ‘२०७७ सालमा धापाखेलका बाढीपीडितलाई कार्यपालिकाको निर्णयबिना पैसा दिएको विषयमा बुझ्नुपर्ने’ भन्दै पत्र काटेर मेयर महर्जनलाई बयानमा डाकेको हो।

देशका अधिकांश स्थानमा ३ दिन हल्कादेखि भारी वर्षाको सम्भावना

शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम, शहरी तथा तराई क्षेत्रमा डुबान, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जनाएको छ।

रविको मुद्दामा दुई न्यायाधीशको राय बाझियो, सारंगाको राय– गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न परमादेश

गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाई दायर रिट निवेदनमाथि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको राय बाझिएसँगै पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

‘स.वि.’कै सडकमा मोटरसाइकल हराउने खाल्डा, सामाजिक सञ्जालमा व्यंग्य- प्रिय स.वि. पोलबाट सडकमा झरिदेऊ

सडक डिभिजन कार्यालयअन्तर्गत काठमाडौँ महानगरभित्र १८० किमी सडक छ। यी सडकमा खाल्डा नभएको डिभिजन कार्यालयको दाबी छ। तर बुधबार नयाँबजार-सोह्रखुट्टे सडकको खाल्डामा कुदिरहेको मोटरसाइकल नै खसेको थियो।

कटहरियाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियारले रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश, उपप्रमुख रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।

धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ स्थगित

संसदीय समितिले प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्धका उजुरीकर्ताको धारणामा विचारविमर्श गर्न थप समय चाहिने भन्दै सुनुवाइ स्थगित गरेको छ।

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न प्रशासनको अपिल

म्याग्दी प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।

बाँकेमा फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार

बाँकेमा फरार प्रतिवादी पक्राउ गर्ने क्रममा स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले गोली प्रहार गरेको छ।

खोटाङका ५०० भन्दा बढी परिवार बाढी पहिरोको उच्च जोखिममा

१० स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ परिवारका ३२० र पहिरोबाट ४३९ परिवारका एक हजार ७६१ जना उच्च जोखिममा रहेको प्रहरीको तथ्यांक छ। 

ठेकेदारले काम छाडेर भागेपछि रामेछापमा अस्पताल भवन अलपत्र 

भवन निर्माणका लागि ल्याइएका फलामे रड खिया लागेर काम नलाग्ने भएका छन्। अस्थायी टहराबाट अस्पतालको सेवा सञ्चालन गरिएको छ।

मापदण्ड विपरीत खाने तेल उत्पादन गर्ने कम्पनीलाई काठमाडाैँ महानगरद्वारा जरिबाना

१३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चार वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइडको मात्रा अत्यधिक भएको पाएपछि जरिबाना गरिएको महानगरले जनाएको छ।

महांकाल मन्दिर पुनर्निर्माण गर्दै महानगर

टेन्डरको प्रक्रिया टुंगिएसँगै यही असारबाट काम शुरू हुने काठमाडाैँ महानगरको सम्पदा तथा पर्यटन विभागले जनाएको छ।