कोशी ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन्।
बाढीमा परेका राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरीले हस्नापुर घाटबाट उद्धार गरेको छ।
पहिरोमा पुरिएर बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक रायले जानकारी दिए।
विपद्जन्य घटनामा परेर ६ जना बेपत्ता तथा सातजना घाइते भएका छन्। देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको छ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्। बिहान ६ बजे ब्यारेजमा तीन लाख १६ हजार ८०० क्युसेक पानी मापन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालले बागमती नदीमा फसेका तीन जनाको उद्धार गरेको छ।
बिरुवा गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानी सुरक्षित भनेर राखिएको ठाउँमा शनिबार दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।
सप्तकोशी नदीमा शनिबार यस वर्षकै सबैभन्दा उच्च जलसतह मापन गरिएको छ।
बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका छन्।
मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो।
उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको छ।
दाङमा राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने गङ्गदी खोलाले ट्र्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।
निरन्तर वर्षाका कारण लेदोसहित आएको बाढी पहिरोले पुर्दा शनिबार बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएका थिए।
रोल्वालिङ खोलाको बाढीमा परेर रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी छन्।
बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्य विनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ।
वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्।
वर्षा नरोकिएका कारण पहिरो झर्ने क्रम जारी रहेको र खुलाउने कार्यमा बाधा पुगेको प्रहरीले जनाएको छ।
हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फर्किने तयारीमा रहेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग हुँदै केरुङ नाकाबाट रसुवा भएर काठमाडौँ फर्किन थालेका छन्।
रौतहटको गौरमा ट्युसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन्।