AnonymousUser

Logout

गीता सोडारी नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर

 विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीता सोडारीलाई दोषी ठहर गरेको छ।

सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सरकारको निर्णय

सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ। 

खोलिँदै भारतको धौलीगंगा बाँध, सतर्कता अपनाउन आग्रह

बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

सबैभन्दा धेरै वर्षा हुने पोखरामै किन छ खानेपानीको हाहाकार?

पोखरा महानगरमा मागबमोजिम पानी वितरण हुन नसक्दा उपभोक्ता ट्यांकर, बोरिङ र स्थानीय स्रोतमा भर परेका छन्। पोखरा र लेखनाथका खानेपानी सम्बद्ध संस्था मागअनुसार पानी दिनै नसकिने बताउँछन्। किन?

धार परिवर्तन गरी बस्तीमा पस्‍यो चौधर नदी

बाढीका कारण चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन्।

बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित

बाढीपहिरोका कारण डुम्रे–बेँसीशहर–चामे, विराटनगर–इटहरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

निर्वाचन आयोगले तयार पार्‍यो रणनीतिक योजना

चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदालाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुने गरी सुझाव दिन आयोगले आग्रह गरेको छ।

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौँ– राष्ट्रियसभाको बैठक स्थगन भएको छ। बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो। बिहीबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् …

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ।

हेलिकप्टर पाइलटको आन्दोलन: नलिनचोकबाट उडान बन्द, क्यानले बनायो अध्ययन समिति

हेलिकप्टर पाइलटले उठाएका विषयहरूको अध्ययन गरी महानिर्देशक समक्ष आवश्यक राय सुझाव बुझाउन क्यानले उक्त समिति गठन गरेको हो।

बढी पहिरोले देशका विभिन्न भूभागमा क्षति, राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ।

बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

बागलुङ नगरपालिका–७ तितौरेमा बुधबार राति पहिरोमा पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको छ।

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पहिरो पन्छाइरहेको स्थानमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान

गुठीचाैर गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना नै बनाएर प्याराग्लाइडिङ संचालनमा ल्याउने जनाएको छ।

धनुषामा ८३७ हेक्टर वनको जमिन अतिक्रमण

बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो। 

भोजपुरमा भासियो मध्यपहाडी लोकमार्ग, यातायात ठप्प

भोजपुर–चखेवा सडक खण्डको मेस्पाङमा बुधबार बिहान करिब ६० मिटर सडक भासिएको हो।

भुटानी राजबन्दी राईलाई अमेरिकाबाट १ लाख रुपैयाँ सहयोग

शिविरमा छोरीज्वाईंका साथमा बस्न थालेका ६६ वर्षीय राईलाई अमेरिकाको ओहायोस्थित शरणार्थी शुभेच्छुकहरूले पठाएको सहयोग बुधबार बिहान हस्तान्तरण गरिएको छ।

अरनिको राजमार्गको धुलिखेल–खावाखण्ड पुनः अवरुद्ध

हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावानजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको प्रहरीले जनाएको छ।

पोखरामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

पोखरा महानगर–२७ सहेलापाटाका मनबहादुर थापाको घर बुधबार बिहान पहिरोले पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको छ। 

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोक केन्द्रविन्दु भएर बुधबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।