मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले सोमबारदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए।
पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै मुख्य शहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ। वर्षात्का बेला चलिरहेको निर्माण कार्यले सडक अस्तव्यस्त देखिन्छ।
कञ्चनपुरका नौ वटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन्। भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन्।
जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ।
कर्णालीका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिरोले अवरुद्ध हुँदा सवारीसाधन गुड्न सकेका छैनन्।
कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको छ।
सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको थियो।
गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ मा आठ जनाको हतियारधारी समूहले लुटपाट गरेको थियो।
चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि खानी तथा भूगर्भ विभागले प्रमाणपत्र प्रदान गरेको छ।
विसं २०७५ माघमा सडक विस्तारको लागि सम्झौता भएर काम शुरू गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशत मात्रै देखिएको छ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कांग्रेस र एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिएर अर्को सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
प्रहरीका अनुसार बाढीपहिरोमा परी काठमाडौँमा एक जना, कोशी प्रदेशमा ११, मधेशमा दुई, बागमतीमा दुई, गण्डकीमा १९ जना, लुम्बिनीमा १०, कर्णालीमा दुई र सुदूरपश्चिममा एकको मृत्यु भएको छ।
घटना भएको करिब एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेमार्फत् झाले बालुवाटार–सिंहदरबार ‘नेक्सस’ मिलाएको प्रहरीले फेला पारेको उनको त्यतिबेलाको टेलिफोन संवादले देखाउँछ।
वर्षाका कारण तराई र पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेलधुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षति पुगेको छ।
बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
मनसुन शुरू भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।
फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले आफूले तयार पारेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ।
बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन्।