AnonymousUser

Logout

श्रमिकको तलब : सरकारले तोकेको न्यूनतम पारिश्रमिक नै पाउँदैनन्

सरकारले श्रमिकका लागि न्यूनतम तलब मासिक १७ हजार ३०० रुपैयाँ तोकेको छ। महँगीको तुलनामा न्यून रहेको यही तलब पनि निजी क्षेत्रमा काम गर्ने अधिकांश मजदुरले पाएका छैनन्। सरकारले बाध्य पार्न सकेको पनि छैन।

नारायणगढ–बुटवल सडक: ५ वर्षमा ५० प्रतिशत काम पूरा

४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले पाँच वर्ष बितिसक्दा ५० प्रतिशत काम मात्रै पूरा गरेको छ।

ललितपुर डढेलो: अर्का घाइतेको पनि मृत्यु

आगो निभाउन गएका शंकर र रमेश पहरी गम्भीर घाइते भएका थिए। शंकरको मंगलबार तथा रमेशको बुधबार बिहान बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

रोशी गाउँपालिकामा आगलागी, १५ घर जले

सामुदायिक वनको आगो बस्तीमा पस्दा १५ घर, १० गोठ र आठवटा शौचालय जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।

जलहरी प्रकरणमा मिलन थापासहित तीनै जनालाई सफाइ

पशुपतिको मन्दिरमा जलहरी राख्दा सुन हिनामिना प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनै जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।

‘बैंकमा रोक्का’ बाल संगठनको ५१ रोपनी जग्गासम्बन्धी अभिलेख पछ्याउँदा.. 

नेपाल बाल संगठनको नक्सालस्थित ५१ रोपनी जग्गा बैंकमा रोक्का रहेको मालपोतको एउटा पत्र पछ्याउँदा सरकारी निकाय कसरी चल्दारहेछन् भन्ने स्पष्ट तस्वीर सामुन्ने आयो।

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सयभन्दा बढी घर जलेर नष्ट

सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण, २ जना पक्राउ

कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका १ जनाको मृत्यु

गोदावरीस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ।

गुल्मीमा वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ

गुल्मीको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका हुन्। 

कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते

‘ब्रेकफेल’ भएपछि बीच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

स्लोभाकिया र अमेरिका पठाइदिने भन्दै ८० लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारका लागि स्लोभाकिया र अमेरिका पठाइदिन्छु भनी ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह

स्वास्थ्य मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको छ।

दाङका आगलागीपीडितको पीडा: घरगोठ जले, खाने र बस्ने ठाउँको अभाव

गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीमा जलेका छन्। जसबाट ८७ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोप फिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण शुरू हुनेछ छ।

सर्वोच्च स्वयंको न्यायिक सक्रियतामा अवहेलना मुद्दा, प्रकाशित सामग्री जाँच र विपक्षीलाई बयानमा बोलाउन आदेश

सर्वोच्च अदालतले अनलाइनमा प्रशारित सामग्री २४ घण्टाभित्र हटाउन आदेश दिनुअघि नै ‘सिधाकुरा डटकम’ले विवादमा परेका सम्पूर्ण सामग्री हटाइसकेको छ। 

चलचित्र माइतीघरका अभिनेता सीपी लोहनीको निधन

चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।

सिरहामा बालिकाको हत्या अभियोगमा २ जना पक्राउ

तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

धनुषामा पानीका स्रोत सुकेपछि दमकलमार्फत पानी वितरण गरिँदै

प्रमुख यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए।

भोजपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।