AnonymousUser

Logout

वैदेशिक रोजगारीमा जानेका लागि जहाजमै खानाको व्यवस्था गर्न विभागले काट्यो पत्र

घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको थियो।

पर्वतमा डढेलोले १ हजार ४०० हेक्टर जंगल नष्ट

पर्वतका ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिए।

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

भद्रपुर नगरपालिका–८ नमूना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट ८० वर्षिया महिलालाको मृत्यु भएको छ।

ठेकेदारले काम छाडेपछि मुगुमा प्रहरी चौकी भवन ५ वर्षदेखि अलपत्र 

मुगुको सोरु गाउँपालिका–९ स्थित कालै प्रहरी चौकी भवन निर्माणका लागि २०७६ जेठमा अमर निर्माण जेभीले ठेक्का लिएको थियो।  एक वर्षमा सक्ने सम्झौता रहेको भवन अलपत्र अवस्थामा छ।

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा, १०० भन्दा बढी घर जले

बस्तीभर फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए। बिहीबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर मटिहानी आगलागीबारे सर्वपक्षीय छलफल गर्ने तयारी छ।

महोत्तरीको मटिहानीमा भएको आगलागीमा ९२ घर जलेर नष्ट

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन्। 

सीआईबीले छानबिन थाल्दा बृहस्पति सक्रिय, बाल संगठनको जग्गा ‘लियन’ राखेर लिएको ऋण रातारात चुक्ता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन शुरू गरेपछि विशाल ग्रुपको अधिकांश स्वामित्व रहेको बृहस्पति विद्या सदनले आफ्नो गल्ती ढाकछोप गर्न सक्रियता देखाएको छ।

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा ५ घर जले

गाईखर्क सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिर्दा स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कबिर राईको घर जलेका छन्।

झापामा जिपसँग मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो। उनीहरूको सनाखत हुन बाँकी छ।

भूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन  

आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र देशबाट मानिस आउने गर्छन्। सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटल खुलेकाले बारपाक पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य बनेको छ। 

डढेलोले म्याग्दीमा ७०० हेक्टर वन सखाप

फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ वटै स्थानीय तहका १११ वनमा डढेलो लागेको छ। डढेलोले जिल्लाको ६९३ हेक्टर वन क्षेत्र सखाप भएको छ।

मंगलबारदेखि ७२ घण्टा पूर्वी सीमानाका बन्द

चुनावलक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन्।

विपिनको रिहाइका लागि पहल गरिदिन कतारी अमिरसँग राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर थानीसँग आग्रह गरेका छन्।

दैलेखमा बँदेलको आक्रमणबाट गहुँ काटिरहेका ७ जना घाइते

मंगलबार भैरवी गाउँपालिका–६ कुसापानीमा एउटा बँदेलले आक्रमण गरेर गहुँ काटिरहेका सात जनालाई घाइते बनाएको छ।

साझा चासोका मुद्दामा सहकार्य गर्न कतारी अमिरलाई राष्ट्रपतिको आग्रह

कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच शीतलनिवासमा भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच शीतलनिवासमा द्विपक्षीय भेटवार्ता भएको छ।

काठमाडौँ आइपुगे कतारका अमिर थानी

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँमा आइपुगेका छन्।

जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

जनकपुरस्थित एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन्।

पोखरामा विद्युतीय तार भूमिगत आयोजनाको ठेक्का अवधि सकिँदा प्रगति ४० प्रतिशत

ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ।

धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

धनुषामा सडक दुर्घटनामा परी मंगलबार पत्रकार विनय यादवको मृत्यु भएको छ।